

साना किसान जगदिशपुरले दिएन प्रशिक्षार्थी युवाहरुको जग्गा धरौटी फिर्ता





राजेन्द्र खनाल, कपिलवस्तु । कपिलवस्तुको एक साना किसान कृषि सहकारी संस्थाले साना किसान प्रशिक्षार्थी कार्यक्रम अन्र्तगत धरौटी राखिएको जग्गा २ वर्ष देखि रोक्का गरी आफ्नो अधिनमा राखेको छ ।
कपिलवस्तु नगरपालिका वडा नम्बर ९ जगदिशपुर स्थित बसन्त मुराउ व्यवस्थापक रहेको साना किसान कृषि सहकारी संस्थाले २०७६ सालमा साना किसान प्रशिक्षार्थीका लागि दुई युवालाई इजरायल पठाएको थियो । उनीहरुलाई पठाउदा १४ लाख बराबरको जग्गा धरौटी र नगद १ लाख समेत गरी कुल १५ लाखको धरौटी राख्न लगाएको थियो । तर इजरायलमा प्रशिक्षणका लागि गएका युवाहरु निश्चित समयमा स्वदेश फर्किसक्दा समेत सहकारीले विभिन्न बाहना बनाउदै उनीहरुको जग्गा र नगद रकम आफ्नो अधिनमा राखेको पाइएको हो ।
कपिलवस्तु नगरपालिका वडा नम्बर १० का युवा मनोज शर्मा पौडेल र वडा नम्बर ९ का शरोज पोख्रेल २०७६ सालमा साना किसान मार्फत प्रशिक्षार्थी भई इजरायल गएका थिए । उनीहरुले सहकारीको नियमानुसार १४ लाख बराबरको जग्गा र नगद १ लाख समेत गरी कुल १५ लाख धरौटी राखेका थिए । तर तोकिएको समय अवधिमा आफु स्वदेश फर्किएको र साना किसानलाई फर्किएको जानकारी गराएको भए पनि साना किसान कृषि सहकारीका व्यवस्थापक बसन्तकुमार मुराउले विभिन्न बाहना बनाउँदै आफ्नो जग्गा साना किसानको अधिनमा राखि धरौटी फुकुवा गर्न आनाकानी गरेको गुनासो गरेका छन् । इजरायल गइ स्वदेश फर्किएका युवा प्रशिक्षार्थी मनोज शर्मा पौडेलका अनुसार साना किसानले कुनै न कुनै उद्यम वा व्यवसाय संचालन गर्नुपर्ने बताए अनुसार आफुले बाखा्र र भैँसी पालन गर्ने उद्देश्यले फर्म समेत दर्ता गरी प्रक्रिया अगाडी बढाएको भए पनि साना किसानले जग्गा रोक्का राखिदिदा आफु समस्यामा परेको गुनासो गरेका छन् ।
उता साना किसान कृषि सहकारी संस्थाका व्यवस्थापक मुराउले भने उनीहरुलाई इजरायलमा सिकेका कुरा स्वदेशमा प्रयोग गरी देखाउन भनिएको भन्दै व्यवसाय संचालन भने अनुसार नभएकाले जग्गा धरौटी फिर्ता नगरिएको आफ्नो प्रतिक्रिय दिएका छन् । तर उनले भने जस्तो दुई पक्ष बिच गरिएको सम्झौतामा १५ लाखको धरौटी राखिएको स्पष्ट उल्लेख छ भने स्वदेश फर्किएपछि साना किसानले भने अनुसारको फर्म संचालन गर्ने कुनै कुरा उल्लेख छैन । साना किसान कृषि सहकारीले पहिलो पटक दुई युवालाई इजरायल पठाएको थियो । अहिले दुबै जना एउटै समस्याले पिरोलिएका छन् । विषय जिल्ला प्रशासन कार्यालय सम्म पुगेको छ ।
साना किसानले भने जस्तो फर्म संचालन नगर्दासम्म कुनै पनि हालतमा जग्गा फुकुवा नहुने व्यवस्थापक मुराउले पटक पटक एउटै वाक्याशं दोहोराएका छन् । उता प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्राले यस विषयमा एक पटक छलफल भएको र आफुले दुबै पक्षलाई सम्झौता अनुसार मिलेर तत्काल समस्या समाधान गर्न आग्रह गरेको बताए । उनले कसैको जग्गा वा सम्पति कुनैपनि संस्था वा व्यक्तिले बिना कारण कब्जामा राख्न नपाउने भन्दै कि ऋण प्रदान गरेको हुनुपर्ने अन्यथा जग्गा फुकुवा गर्नुपर्ने बताएका छन् ।
यता साना किसानका व्यवस्थापक बसन्त मुराउले भने आफ्नो अडान यथावत राखेका छन् । उनले आफ्नो साना किसानको निति नियम अरुको भन्दा फरक रहेको समेत दाबी गरेका छन् । सोही प्रयोजनका लागि जिल्लाका अन्य साना किसान कृषि सहकारीहरुबाट प्रशिक्षार्थी भई इजरायल गएकाहरुलाई उनीहरुको धरौटी स्वदेश फर्किपछि तत्काल फिर्ता गरिएको पाइएको छ । तर जगदिशपुर स्थित साना किसान कृषि सहकारी संस्थाले विभिन्न बाहना बनाउँदै दुई युवाको जग्गा फुकुवा गर्न अलटाल गरिरहेको हो ।
यता अन्य साना किसानका अध्यक्षहरुले समेत त्यसरी कसैको पनि जग्गा धरौटीमा राखीराख्न नपाइने बताउँछन् । बाणगंगा नगरपालिकामा संचालनमा रहेको धेरैजसो साना किसानले सोही प्रक्रिया अन्र्तगत प्रशिक्षार्थी इजरायल पठाएका थिए । उनीहरुले आवश्यक प्रक्रिया पुरा गरी जग्गा धरौटी तत्काल फुकुवा गरिएको बताएका छन् ।
के छ सम्झौतामा हेर्नुहोस् ।


खबर सबै
-
कपिलवस्तुबाट १७५ जना हज यात्रामा जाँदै, गिरयाे बिदाइ
-
कपिलवस्तुको ‘कोइलीचौर वन’ बन्यो अन्य जिल्लाका सामुदायिक वनका लागि ‘सिकाइ केन्द्र’
-
मुख्यमन्त्री विजयले के गरे पहिलो निर्णय ?
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी













प्रतिक्रिया