

समाजवादी केन्द्र निर्माणबारे ३ दलबीच छलफल



काठमाण्डौ । समाजवादी केन्द्र निर्माणबारे अहिले तीन वटा दलबीच छलफल भइरहेको छ । नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानका शीर्ष नेताहरूबीच सिंहदरबारमा छलफल भइरहेको हो ।
छलफलमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र झलनाथ खनाल, नेकपा एकता अभियानका संयोजक वामदेव गौतम लगायतका शीर्ष नेताहरूको उपस्थिति रहेको छ । छलफलमा नेकपा एमालेबाहेकको राष्ट्रिय समाजवादी केन्द्र बनाउने विषयमा कुराकानी भइरहेको छ । आउँदो चुनावअघि नै एमालेबाहेकका कम्युनिस्ट पार्टी मिलेर समाजवादी केन्द्र बनाउन माओवादी र एकीकृत समाजवादी तयार भएका छन् ।
आजै माओवादी अध्यक्ष प्रचण्डले पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईसँग भेटेर समाजवादी केन्द्र निर्माणको बारेमा छलफल गर्नुभएको छ । छलफलपछि प्रचण्डले दुईरतीन दिनभित्र केन्द्र निर्माणबारे टुङ्गो लागेमा धेरै राम्रो हुने बताउनुभएको थियो ।


खबर सबै
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने






प्रतिक्रिया