

आजदेखि तीनदिनसम्म वर्षाको सम्भावना



काठमाडौं । आजदेखि बिहीबारसम्म देशभर वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेकाले आजदेखि तीन दिनसम्म देशैभरि वर्षा हुने सम्भावना देखिएको हो।
मंगलबार बिहान पनि प्रदेश नम्बर १, बागमती, गण्डकी तथा सुदूरपश्चिम प्रदेशलगायत प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
काठमाडौंमा पनि आज दिनभरजसो वर्षा हुने सम्भावना रहेको मौसमविदहरूले बताएका छन्।
काठमाडौं उपत्यकामा आज छिटपुट वर्षा हुने सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन्।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका धेरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
महाशाखाकाअनुसार आज राति पनि मौसम देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
यस्तै भोलि सुदूरपश्चिम, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।
बिहिबार लुम्बिनी, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
देशका पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले सचेत रहन महाशाखाले अनुरोध गरेको छ।
यस्तै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवनरयातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले सामान्य सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।


खबर सबै
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु






प्रतिक्रिया