मायादेवी गाउँपालिकामा करार कर्मचारी हटाएपछि वडा अध्यक्षहरु भए आन्दोलित

कपिलवस्तु । कपिलवस्तुको मायादेवी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र उपाध्यक्षले आफ्नो एकलौटी निर्णय गर्दै करारमा नियुक्त गरिएका कर्मचारी हटाएपछि वडा अध्यक्षहरु आन्दोलित भएका छन् ।

नयाँ आर्थिक वर्षबाट लागुहुने गरी गाउँपालिकाले एक सुचना जारी गरी गाउँपालिका मातहत कार्यरत रहेका स्वयमसेवक शिक्षक, तथा कर्मचारीहरुलाई जागरिबाट निकालेको हो ।

गाउँकार्यपालिकामा पनि कुनै छलफल नभएको र गाउँसभामा पनि कुनै कुरा नउठेको विषयमा एकाएक व्यक्तिगत स्वार्थले मनपरी निर्णय भएको भन्दै वडा अध्यक्षहरुले तत्काल निर्णय सच्याउन आग्रह गरेका छन् । मायादेवी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष शैलेन्द्रकुमार यादवले अस्थायी, करार तथा ज्यालादारी कर्मचारीलाई हटाउने कुनै पनि बैठकबाट निणर््ाय नभएको भन्दै गाउँपालिका अध्यक्षको एकलौटी निर्णयको आफुहरुले बिरोध गर्ने बताएका छन् ।

अहिले मायादेवी गाउँपालिकामा चार वटा वडाका वडा अध्यक्षहरु यसको बिरोधमा उत्रिएका छन् । यहाँ जम्मा ८ वटा वडा छन् । प्रमुख प्रशासकीय अधिकृत प्रमेश्वर यादवद्धारा हस्ताक्षरित सूचनामा साउन १ गते देखि करार र ज्यालादारीको हाजिरी अर्को व्यवस्था नभएसम्मका लागि नगराउने उल्लेख छ ।

गएको बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा मायादेवी गाउँपालिकामा नेपाली कांग्रेसबाट अध्यक्षमा वलिउद्दीन मुसलमान र उपाध्यक्षमा सरस्वती यादवले जितेका थिए । यस अघिको कार्यकालमा यी दुबै पद जनता समाजवादी पार्टीले जितेको थियो । तत्कालिन समयमा नियुक्त गरिएका कर्मचारी सबै हटाएर अब आफु निकटका व्यक्तिलाई जागिरमा लगाउने योजना बनाएको स्थानीयको आरोप छ । गाउँपालिकाको नेतृत्व परिवर्तन भएसँगै कर्मचारी सरुवा गर्ने र करारका कर्मचारी हटाउने गरी गाउँपालिका अध्यक्ष र उपाध्यक्षले आफ्नो मनोमानी निर्णय गरेको वडा अध्यक्षहरुको भनाई छ । सत्ता परिवर्तनको असरले गाउँपालिकाले यस्तो निर्णय गरेको हुन सक्ने निस्कासनमा परेका कर्मचारीले आशंका गरेका छन् ।

यता वडा अध्यक्ष शैलेन्द्र कुमार यादवले गाउँपालिकाको यो निर्णयले वडा कार्यालयमा तत्काल कर्मचारी अभाव भएको र कामकाजमा समस्या भएको भन्दै निर्णय सच्याउन माग गरेका छन् । उनले तत्काल निर्णय नसच्याइए वडा तथा गाउँपालिकाका सबै कामकाज ठप्प पार्ने चेतावनी समेत दिएका छन् । उनले आ सोही माग राख्दै गाउँपालिका अध्यक्षलाई ज्ञापनपत्र समेत बझाएको रेडियो बाणगंगासँग बताएका छन् ।

मायादेवी गाउँपालिकाको यो निर्णयले करिब २६० भन्दा बढीले जागिर गुमाएका छन् । उनीहरुलाई हटाएसँगै गाउपालिका र वडा कार्यसहित स्वस्थ्य चौकी, विद्यलाय लगाएतका सरकारी संस्थानहरुमा कर्मचारी अभाव भएको छ । जसका कारण दैनिक कामकाजमा समेत आफ्ठेरो परेको छ ।

प्रतिक्रिया

खबर सबै