बाणगंगा नगरपालिका बन्यो वित्तीय शुसासनमा अब्बल (अडियो सहित)

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकाले देशभरका ७५३ स्थानीय तह मध्ये नगरपालिका तर्फ वित्तीय सुशासन तर्फ राम्रो नतिजा पाएको छ ।

नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ मा वित्तीय सुशासन तर्फ देशभरबाट ८२ .५ अंक प्राप्त गरेको नगर प्रवक्ता विष्णु पौडेलले बताउनुभएको छ । ७५३ वटा पालिकाहरु मध्ये नगरपालिका तर्फ बाणगंगा नगरपालिका देश भरीमा वित्तीय सुशासन तर्फ ११ औं स्थानमा परेको हो ।

नगरपालिकाको चालु ११ औं नगरसभा समेत बिहिबार देखि अन्त्य गरिएको छ । बिहिबार बिहान बसेको नगरसभाको अन्तिम बैठकबाट यस आर्थिक वर्षभरी भएका योजना र कार्यक्रमलाई समर्थन जनाउँदै यो वर्षको ११ औँ नगरसभा अन्त्य गरिएको हो । विभिन्न विधेक र प्र्रस्तावमा दफावार छलफल पछि नगरपालिकाको एघारौँ नगरसभा सकिएको नगर प्रवक्ता विष्णु पौडेलले जानकारी दिनुभयो ।

वित्तीय सुशासनमा कसरी नगरपालिका अब्बल बनेको हो भनि हामीले नगर प्रवक्ता पैडेललाई सोधेका छौँ ।

सुनौ प्रवक्ता पैडेलको भनाई ।

प्रतिक्रिया

खबर सबै