

स्ववियू निर्वाचको मिति घोषणा गर्न अखिल क्रान्तिकारीको माग



काठमाडौं । अखिल क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालयमा स्ववियू निर्वाचनको मिति घोषणा गर्न माग गरेको छ । प्रत्येक दुई वर्षको अन्तरालमा हुनुपर्ने स्ववियु निर्वाचन लामो समय भइसक्दा समेत नभएको भन्दै क्रान्तिकारीले विभिन्न १२ बुँदे माग पत्र त्रिविसमक्ष पेश गरेको हो ।
‘विद्यार्थीहरूको साझा संस्था स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन प्रत्येक २र२ वर्षमा हुनुपर्ने तर विगत लामो समयदेखि स्ववियु निर्वाचन हुन नसक्दा आम विद्यार्थीहरूको संघर्षको थलो आज कोमामा पुगेको छ,’ पवन कार्की संयोजक रहेको अखिल क्रान्तिकारीले पेश गरेको माग पत्रमा भनिएको छ, ‘तसर्थ तत्काल स्ववियु निर्वाचनको मिति घोषणा गरि स्ववियुलाई पुनर्जीवन प्रदान गरियोस् ।’
क्रान्तिकारीका नेता तथा संगठनको प्रचार विभाग प्रमुख सुमन अधिकारीले पछिल्लो समय त्रिभुवन विश्वविद्यालयमा देखिएको अराजकताका विषयमा माग पेश गरिएको बताए ।
‘त्रि।वि। को परिक्षामा भइरहेको लगातार पुरानो प्रश्नपत्र दोहोरिने, कुनै अमुक कलेजको प्री बोर्डको प्रश्नपत्रसँग हुबहु मिल्न जानु, एउटा विषयको परिक्षामा अर्कै विषयको प्रश्नपत्र वितरण गर्ने जस्ता कार्यले विश्वविद्यालयको गरिमा माथि गम्भीर प्रश्न उठेको छ,’ अधिकारीले भने, ‘विद्यार्थीहरुको शैक्षिक भविष्य माथि खेलवाड भएको छ ।
विश्वविद्यालय जस्तो मर्यादित ठाउँमा बसेर यस्तो गैरजिम्मेवार कार्यमा संलग्न असक्षम र भ्रष्ट पदाधिकारी लगायतलाई तत्काल बर्खास्त गरि विद्यार्थीको शैक्षिक भविष्यको सुनिश्चितता गरियोस् भनेर माग राखेका छौं ।’
क्रान्तिकारीले त्रिविभित्र दुई खाले शिक्षा प्रणाली विकास भैईरहेको छ जुन आंगिक कार्यक्रम र आंगिकभित्रै निजि कार्यक्रम हुनुले शैक्षिक बिभेद खडा भएको बताएको छ। तसर्थ, आंगिक क्याम्पसभित्र संचालित सबै निजि कार्यक्रमहरूलाई आंगिककै रुपमा बिस्तार गरिनुपर्ने माग क्रान्तिकारीले राखेको छ ।


खबर सबै
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु






प्रतिक्रिया