

गुल्मीका १६ उत्कृष्ट कृषक भए सम्मानित



गुल्मी । गुल्मीमा जिल्लामा उत्कृष्ट १६ जना युवा कृषकहरुलाई बिहीबार एक समारोहका बीच सम्मान गरिएको छ । कृषि ज्ञान केन्द्र गुल्मीले विभिन्न पालिकाहरूमा व्यावसायिक रूपमा उत्कृष्ट कृषि तथा पशुपन्छी पालन गर्ने कृषकहरूलाई सम्मान गरेको हो । सबै पालिकाका प्रमुखहरूको उपस्थितिमा भएको कार्यक्रममा कृषि व्यवसायमा सबै भन्दा बढी आम्दानी गर्ने मध्ये जिल्लाभरबाट छनोट गरेर कूल १६ व्यावसायिक कृषकहरूलाई प्रोत्साहन स्वरूप सम्मान गरिएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताए ।
सम्मानित हुनेहरुमा इस्मा गाउँपालिका–३ का युवा उद्यमी गोकर्ण नेपाली,सत्यवती गाउँपालिका– ४ का प्रेम शाही, चन्द्रकोट गाउँपालिका– ४ का उत्तम खत्री, मुसिकोट नगरपालिका–८ का चुमा घर्तीमगर, इस्मा गाउँपालिका – ४ का ओम कुँवर, मदाने गाउँपालिका –३ का सोभ बहादुर घर्ती, मुसिकोट नगरपालिका–५ का मनोज पाण्डे, सोही स्थानका सरोज बेल्वासे, रेसुङ्गा नगरपालिका– १० का विनोद कुँवर रहेका छन् ।
त्यस्तै ईस्मा गाउँपालिका ४ काा प्रेम नेपाली, छत्रकोट गाउँपालिका– १ का दानबहादुरपल्ली, सोही स्थानका भुवन खराल, सोही पालिकाको वडा नम्बर ४ का चिरञ्जिवी पन्त, रुरुक्षेत्र गाउँपालिका वडा नम्बर ४ का कुलचन्द्र ज्ञवाली,सोही पालिकाको वडा नम्बर ५ का सञ्जय ज्ञवाली र रेसुङ्गा नगरपालिका–८ का कमला भलामी नगद पुरस्कार सहित सम्मानित भएका हुन् । उनिहरुलाई जिल्ला समन्व्य प्रमुख द्रोणबहादुर खत्री, रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थी सहित विभिन्न पालिका प्रमुखहरूले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।


खबर सबै
-
एशियन गेम्स छनौटमा नेपाल समुह विजेता हुँदै सेमिफाइनलमा
-
अध्ययन बिदा लिएर सेवामा नफर्किएका त्रिविका प्राध्यापकबाट १० करोड ४६ लाख फिर्ता
-
खैरेनीचाैर सामुदायिक बनकाे नि:शुल्क स्वास्थ्य शिविर, चारसय बढीले लिए सेवा
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार











प्रतिक्रिया