

जसपा विवाद : उपेन्द्रको पर्खाईमा बाबुराम पक्ष





काठमाडौं । जनता समाजवादी पार्टी नेपालका बाबुराम पक्षले पार्टी विभाजन हुनेरनहुने वीरगञ्जको बैठकमा भरपर्ने बताएको छ । जडीबुटीमा आजदेखि सुरु भएको आफूपक्षीय केन्द्रीय सदस्यको बैठकमा भट्टराईले आफूहरू पार्टी विभाजनको पक्षमा नरहेको बताउँदै अब पार्टी विभाजन हुनेरनहुने टुंगो जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षले बोलाएको वीरगञ्ज बैठकमा भर पर्ने बताएका हुन् ।
पार्टीभित्र कुनै समस्या छ भने अझै पनि त्यसलाई बसेर समाधान गर्न सकिने उनको भनाई थियो । उनले वीरगञ्जको बैठक स्थगित गरेर छलफलका लागि आउन जसपाका अध्यक्ष उपेन्द्र यादवलाई आह्वानसमेत गरे ।
जसपा कार्यकारिणी सदस्य महिन्द्रराय यादवले पनि आफूहरू कुनै पनि हालतमा पार्टी विभाजन नहोस् भन्ने पक्षमा रहेको बताए । ‘यो बैठकमा जतिजना उपस्थित हुनुहुन्छ, तीमध्ये कोही पनि पार्टी विभाजनको पक्षमा हुनुहुन्न,’ उनले भने, ‘तर हामीले भनेर मात्र हुँदैन । यसका लागि उपेन्द्र यादव पनि तयार हुनुपर्छ ।’
उनले थपे, ‘हामीलाई जानकारी नै नदिई गुपचुप वीरगञ्जमा बैठक बसाएको कारणले पार्टीका नेता तथा कार्यकर्तालाई पार्टीभित्रको यथार्थ जानकारी दिनका लागि यो बैठक बोलाइएको हो । यो बैठकले पार्टी विभाजन होइन, एकताकै पक्षमा निर्णय गर्छ ।’ तर वीरगञ्जमा भोलिदेखि बस्ने बैठकले के निर्णय गर्छ त्यसैमा पार्टी एक रहनेरनरहने निश्चित हुने उनको जिकिर थियो ।
त्यस्तै, कार्यकारिणी सदस्य एवं प्रचार विभाग प्रमुख डम्बर खतिवडाले पनि आफूहरू पार्टी विभाजनभन्दा पनि पार्टी रूपान्तरणको पक्षमा रहेको दोहोर्याए । उनले आफूहरूले सामूहिक नेतृत्वमा पार्टी चलोस् भन्ने चाहेको बताए । तर वीरगञ्जमा बसेको बैठकले कुनै अप्रिय निर्णय गर्यो भने पार्टी जोगाउन गाह्रो हुने उनको भनाई थियो ।
उनले भने, ‘यहाँ आजको बैठकमा सहभागी भएका नेता तथा कार्यकर्तालाई वीरगञ्जको बैठकले कारबाही गर्यो भने त्यहाँबाट एकता वा साथै रहने एपीसोडको अन्त्य हुन्छ । त्यसपछि साथ रहने कुरा हुँदैन ।’ वीरगञ्जको बैठकले पनि छलफल र संवाद गरेर पार्टीको समस्या समाधान गर्ने लाइन लियो भने त्यसले पार्टीलाई जोगाउन सकिने उनले बताए ।
अर्का कार्यकारिणी सदस्य प्रशान्त सिंहले पार्टीलाई अझ बलियो र एकीकृत बनाउनका लागि यो बैठक बोलाएको बताउँदै उनले अब वीरगञ्जको बैठकले के निर्णय गर्छ त्यसमा सबै कुरा निर्भर हुने बताए । संघीय परिषद्का अध्यक्ष भट्टराई समेतले पार्टीमा देखिएको समस्या समाधानका लागि छलफलमा आउन उपेन्द्र यादवलाई आह्वान गरिसकेको उनले बताए ।
यो बैठकमा प्रस्तुत हुने राजनीतिक दस्तावेजले पनि पार्टी विभाजनको कुरा नगरेको बरु जसपालाई कसरी एकीकृत गर्न सकिन्छ, त्यसको बारेमा अवधारणा तय गरेको बताउँदै उनले पार्टी कुनै पनि हालतमा विभाजन हुनुहुँदैन भन्ने पक्षमा आफूहरू रहेको बताए । ‘तर हामीले भनेर मात्र हुँदैन त्यसमा उपेन्द्र यादव पनि सहमत हुनुपर्छ,’ उनले भने ।
अर्का कार्यकारिणी सदस्य सदस्य दानबहादुर चौधरीले पनि यो पार्टी विभाजन हुँदैन भन्ने कुरामा आफू पूर्ण विश्वस्त रहेको बताए । उनलने भने, ‘यस्ता सानोतिनो कुराले पार्टी विभाजन भयो भने कुनै पार्टी संगंलो रहन सक्दैन, पार्टीमा विवाद छ तर त्यसलाई समाधान गर्न पनि सकिन्छ ।’ विवादलाई जति दवाउन खोजियो त्यति नै यो ठूलो हुँदै जाने भएका हुनाले विवादलाई चाँडै समाधान गरेर पार्टीलाई एकीकृत गर्नुपर्ने बताए ।
बैठकमा परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । सो प्रतिवेदनमाथि छलफलका लागि अध्ययन गर्न विभिन्न समूह बनाइएको छ । रातोपाटीबाट ।


खबर सबै
-
कपिलवस्तुबाट १७५ जना हज यात्रामा जाँदै, गिरयाे बिदाइ
-
कपिलवस्तुको ‘कोइलीचौर वन’ बन्यो अन्य जिल्लाका सामुदायिक वनका लागि ‘सिकाइ केन्द्र’
-
मुख्यमन्त्री विजयले के गरे पहिलो निर्णय ?
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी











प्रतिक्रिया