

बाणगंगामा छाडा चौपाय व्यवस्थपनमा स्थानीयको सक्रियता



राजेन्द्र खनाल, कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकामा नगरपालिकाले नै व्यवस्थापन गर्न नसकेको छाडा पशु चौपाय व्यवस्थापनको काममा एउटा टोलका नागरिकको सक्रियतामा सुरु भएको छ । बाणगंगा नगरपालिकाले अघिल्ला आर्थिक वर्षमा छाडा चौपाय व्यवस्थापनका लागि भन्दै वडा नम्बर ८ को मधुवन धाममा गौशाला निर्माणको काम सुरु गरेको भए पनि सडकमा छाडा चौपाय व्यवस्थापन हुन भने सकेको छैन । अहिले पनि नगरपालिकाले ५५ लाख बजेट छुट्टाएको छ ।
अहिले कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ८ स्थित चप्परगाउँका क्रियाशिल नागरिकहरुले एक छाडा पशु चौपाय नियन्त्रण तथा व्यवस्थापन समिति नै गठन गरी चौपायको व्यवस्थापनमा जुटेका हुन । उनीहरुले शनिबार बिहानै बाणगंगाको चप्परगाउँबाट करिब ३० देखि ४० वटा छाडा पशुलाई नियन्त्रणमा लिएर नगरपालिकाले मधुवनमा बनाएको गौशालासम्म पु¥याएका छन् ।
स्थानीय छविलाल पन्थ अध्यक्ष रहेको सो समितिले वडा नम्बर ८ क्षेत्रमा दिनहुँ किसानले लगाएका बालिनाली खाने र सडक दुर्घटनाको जोखिम पनि निम्ताएका त्यस्ता चौपायको उचित व्यवस्थापन गर्ने उद्देश्यका साथ चौपाय नियन्त्रणमा लिएर गौशाला सम्म आफ्नै लागतमा पु¥याएका हुन । वडा सदस्य शैलेन्द्र बेल्वासलेका अनुसार राजमार्गमा दिनहुँ जसो छाडा देखिने चौपायको व्यवस्थापनमा वडा कार्यालयलले समेत योजना बनाइरहेका बेला स्थानीय नागरिकहरुको सक्रियतामा समिति नै बनाएर छाडा चौपायाको व्यवस्थापनमा लागेको बताए । यस्तै छाडा चौपाया नियन्त्रण तथा व्यवस्थापन समितिका अध्यक्ष छविलाल पन्थले किसानहरु दिनहुँ छाडा छोडिएका गाई गोरुको आतंकले हैरान भएको र सडकमा समेत पशुको संख्या धेरै हुँदा दुर्घटनाको जोखिम पनि बढी हुने देखिएपछि चौपाया व्यवस्थापनमा जुटेको बताएका छन् । हाल मधुवन धाममा निर्माण गरिएको गौशालामा चौपाय लगिएको र आवश्यक घाँसको प्रबन्ध पनि समितिले मिलाउने उनले जानकारी दिएका छन् ।
साना किसान कृषि सहकारी संस्था लिमिटेड मोतिपुरका अध्यक्ष भिमप्रसाद सापकोटा सहित स्थानीय नागरिकहरुले बिहानै छाडा चौपायलाई नियन्त्रणमा लिएर गौशालाका अधयक्ष कृष्ण प्रसाद पौडेललाई हस्तान्त्रण गरेका हुन ।
अहिले बाणगंगाको कोईली बनगाई देखि पुर्वको कोठी खोला सम्मको क्षेत्रमा करिब एक सय बढी छाडा चौपाय दैनिक भेटन्छन् । छाडा चौपायको उचित व्यवस्थापन र नियन्त्रणका लागि बाणगंगा नगरपालिकाले हरेक वर्ष बजेट विनियोजन गर्दै आएको भए पनि ठोस पहल हुन नसक्दा चौपायको व्यवस्थापनमा नगरपालिका कमजोर बनेको छ भने जोखिम उत्तिकै बढ्दै गएको छ । हाल बाणगंगाको मधुवन धाममा गौशाला निर्माण गरिएको छ भने राम दुतिवन धाममा पनि छाडा चौपायको आशिंक व्यवस्थापनको काम भइरहेको छ । यो समाचार लुम्बिनी दर्पण साप्ताहिकमा प्रकाशित छ ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान







प्रतिक्रिया