

जापानी पूर्व प्रधानमन्त्री आवेको निधनमा शनिबार नेपालमा राष्ट्रिय शोक मनाउने



काठमाण्डौ । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधनमा नेपाल सरकारले भोलि शनिवार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ ।
आज शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले आबेको निधनप्रति दुःख व्यक्त गर्दै शनिवार राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो । आबेमाथि भएको गोली प्रहारलाई नेपालले घोर भर्त्सना पनि गरेको छ ।
यसअघि प्रधानमन्त्री शेरबहादुर देउवासहित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायतले आबेको निधनप्रति दुःख व्यक्त गर्नुभएको थियो ।
नारा सहरमा भएको एक चुनावी कार्यक्रममा भाषण दिइरहेको अवस्थामा आज शुक्रवार बिहान पूर्वप्रधानमन्त्री आबेमाथि गोली प्रहार भएको थियो । गोली प्रहार भएपछि गम्भीर घाइते हुनुभएका आबेको उपचारका क्रममा निधन भएको हो ।


खबर सबै
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा






प्रतिक्रिया