

कपिलवस्तुको राजमार्ग किनारमा च्याउको व्यापार





ई-साझाकुरा, कपिलवस्तु । कपिलवस्तुको तौलिहवा घर भएका रोहित बानिया दैनिक बिहानमा जंगलमा जान्छन् । उनी बिहानको समय जंगलमा बिताउँछन् । किन भने यतिबेला कपिलवस्तुका वन क्षेत्रमा जंगली च्याउ फेला पर्छन् । बानिया सोही च्याउ खोज्न जंगलमा जान्छन र दिउसोको समयमा पुर्व पश्चिम महेन्द्र राजमार्गको किनारमा बसेर च्यउ विक्रि गर्दछन् ।
कपलवस्तुको बुद्धभुमि नगरपालिका स्थित चप्मापुरका सडक किनारमा दिनभर च्याउको रास लिएर बसेका रोहितले ६ सय देखि ८ सय रुपैँया किलोमा जंगली च्याउ बिक्रि गर्ने गरेको बताए । उनको यो यतिबेलाको पेसा बनेको छ । राजमार्ग किनारमा दिनभर बस्दा बिक्रि नभए उनले सो च्याउ जिल्लाको तौलिहवा बजारमा पु¥याएर बिक्रि समेत गर्दछन् । यतिबेला रोहित बानिया जस्तै कपिलवस्तुको बुद्धभुमि नगरपालिका क्षेत्रका राजमार्ग किनारमा दर्जन बढी मानिसको समुह जंगली च्याउको बिक्रि गरी आफ्नो आम्दानीको स्रोत बनाउने गरेका छन् ।
वर्षायामका बेला पानी परेपछि कपिलवस्तुका वन क्षेत्रमा जंगली विभिन्न प्रजातीका च्याउ पाइने गर्दछ । यही बेला जमिन मुनि उम्रने च्याउ प्रजातिकै भुड्की पनि कपिलवस्तुका दक्षिणका बजारमा महङ्गोमा बिक्रि हुने गर्दछ । दक्षिणका व्यापारीहरु यतिबेला च्याउ खरिद गर्न गाउँमा पुग्छन र जिल्लाका विभिन्न बजारमा पु¥याएर बिक्रि गर्ने गर्दछन् ।
स–साना आफ्ना बालबच्चा सहित सडक किनारमा च्याउको बिक्रिका लागि बसेका उनीहरुले बिहानभरी जंगलमा च्याउ खोज्छन र दिनभर सडक किनारम यसरी नै बिक्रि गर्ने गरेको बताएका छन् ।


खबर सबै
-
कपिलवस्तुबाट १७५ जना हज यात्रामा जाँदै, गिरयाे बिदाइ
-
कपिलवस्तुको ‘कोइलीचौर वन’ बन्यो अन्य जिल्लाका सामुदायिक वनका लागि ‘सिकाइ केन्द्र’
-
मुख्यमन्त्री विजयले के गरे पहिलो निर्णय ?
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी












प्रतिक्रिया