

सातै प्रदेशका गृहमन्त्रीले भने : साउन भित्र प्रहरीको सामायोजन गरी प्रदेश मातहत गर्नुपर्छ



काठमाडौं । प्रदेशका आन्तरिक मामिला र गृहमन्त्रीहरुले आगामी साउन मसान्त सम्म प्रहरी समायोजनको काम पुरा गरी प्रदेश सरकार मातहत गर्न संघीय सरकारसँग माग गरेका छन् । यस्तै उनीहरुले काठमाडौं उपत्यकाको शान्ति सुरक्षाको अधिकार संघीय सरकार अन्तर्गत नराख्न पनि माग गरेका छन् ।
बिहीबार मधेश प्रदेशको राजधानी जनकपुरधाममा भएको प्रदेशका गृहमन्त्रीहरुको भेलाले उपत्यकाको शान्ति सुरक्षा प्रदेश मातहत राखे संविधान विपरीत हुने निष्कर्ष निकालेको हो।
गृहमन्त्रीहरुको ७ बुँदे घोषणापत्रको चौथो बुँदामा भनिएको छ, ‘काठमाडौं उपत्यकाका तिन जिल्लाको शान्ति सुरक्षाको जिम्मा संघले लिई तीनवटै जिल्ला प्रहरी कार्यालय र मातहतको प्रहरी कार्यालय संघको गृह मन्त्रालय मातहत राख्ने गरी प्रस्तावित प्रहरी ऐन संशोधनको कार्य संविधानको अनुसूची ६ विपरीत भएकाले उक्त कार्य तत्काल रोकी १३ वटै जिल्लाको शान्ति सुरक्षाको जिम्मा प्रदेश सरकार मातहत हुनुपर्ने ।’
संघीय प्रहरी ऐन हाल प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा छलफलको क्रममा छ । जसमा राजधानीको सुरक्षा केन्द्र सरकार मातहत नै राख्नुपर्ने प्रस्ताव गरिएको छ ।
जनकपुरधाममा भएको भेलामा कर्णालीबाहेक अरु सबै प्रदेशका आन्तरिक मामिला वा गृहमन्त्री सहभागी थिए । उनीहरुले जिल्ला प्रशासन कार्यालय र प्रमुख जिल्ला अधिकारीलाई प्रदेश सरकार मातहत राख्नुपर्ने माग पनि गरेका छन् ।


खबर सबै
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु







प्रतिक्रिया