

निर्दोष सावित भएपछि शर्मा नै अर्थमन्त्री बन्नुहुन्छ : पुन



काठमाडौँ
माओवादी केन्द्रका नेता वर्षमान पुनले मओवादीको तर्फबाट तत्काल कोही पनि अर्थमन्त्री नबन्ने बताएका छन् ।
जनार्दश शर्माले अर्थ मन्त्रालयबाट राजीनामा दिएपछि माओवादी वा कांग्रेसले अर्को नेतालाई अर्थ मन्त्रालयमा पठाउन सक्ने अपेक्षा गरिएका बेला नेता पुनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
बुधबार संसद् बैठकपछि बाहिर निस्किएर नेता पुनले यस्तो प्रतिक्रिया दिएका थिए । साथै छानबिनबाट निर्दोष सावित भएपछि जनार्दन शर्मा नै अर्थमन्त्रीको रुपमा जाने पनि पुनको भनाइ थियो ।
साथै अर्थमन्त्री शर्माले उच्च नैतिकता देखाएर राजीनामा दिएको पुनको भनाइ थियो । यद्यपि प्रश्न उठेपछि शर्माले राजीनामा दिनु अनिवार्य भएको उनले बताए ।
यस्तै प्रमुख प्रतिपक्षी दलका नेताहरूले पुष्टि भए झैँ गरी शर्मालाई कारबाही गर्नुपर्ने भन्दै माग गरेकोमा पुनले आपत्ति जनाएका थिए । साथै प्रतिपक्षी दलका सांसद योगेश भट्टराईको अभिव्यक्तिलाई लक्षित गर्दै त्यसमा पूर्वाग्रह भएको उनले बताए ।


खबर सबै
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा






प्रतिक्रिया