

वैशाखयता बाढी, पहिरो र चट्याङ्गका कारण ६२ जनाले ज्यान गुमाए, ६५ करोड रुपैयाँभन्दा धेरैको क्षति





काठमाण्डाै
गएको वैशाख एक गतेदेखि (असार २०) हिजोसम्म बाढी/पहिरो र चट्याङ्गका कारण ६२ जनाले ज्यान गुमाएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विगत ८० दिनमा बाढी पहिराेमा मात्रै २१ जनाको ज्यान गएको हो ।
वैशाखयता पहिरोमा १४ जना, भेल तथा बाढीमा ७ जनाले ज्यान गुमाएका छन् । त्यस्तै २० जना घाइते भएका छन् । वैशाखयता बाढी/पहिरोमा भन्दा चट्याङ्गबाट ज्यान गुमाउनेको सङ्ख्या दोब्बरले धेरै छ । यो वर्ष असार २० गतेसम्म चट्याङ्गमा परेर ४१ जनाले ज्यान गुमाएका प्राधिकरणको तथ्याङ्क छ ।
बाढी/पहिरो तथा ठूलो वर्षाका कारण १ सय ३२ वटा घटना भएका छन् । त्यस्तै देशका विभिन्न ठाउँमा गरी १ सय ७ वटा चट्याङ्गका घटना भएका छन् । यो वर्ष बाढी/पहिरो, भेल वर्षा, चट्याङ्ग, सर्पदंश, आगलागी, हावाहुरी, जनावरको आक्रमणबाट १ सय ७ जनाले ज्यान गुमाएका छन् ।
यी घटनामा २ सय २२ जना घाइते भएका छन् । अहिलेसम्म ६५ करोड ५७ लाख १४ हजार ५ सय ६० रुपैयाँ बराबरको आर्थिक क्षति भएको प्राधिकरणले जनाएको छ ।


खबर सबै
-
कपिलवस्तुबाट १७५ जना हज यात्रामा जाँदै, गिरयाे बिदाइ
-
कपिलवस्तुको ‘कोइलीचौर वन’ बन्यो अन्य जिल्लाका सामुदायिक वनका लागि ‘सिकाइ केन्द्र’
-
मुख्यमन्त्री विजयले के गरे पहिलो निर्णय ?
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी











प्रतिक्रिया