

बुद्धभूमि नगरपालिका वडा २ को सार्वजनिक सुनुवाई सम्पन्न





कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर २ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। बुद्धभूमि नगरपालिका वडा नम्बर २ को आयोजना तथा साझा कुरा मिडिया ग्रुपको समन्वयमा बुद्धभूमि नगरपालिका वडा २ को गोरुसिङ्गे भुतपुर्व प्रहरी जिल्ला कार्य समितिको सभाहलमा सम्पन्न भएको सार्वजनिक सुनुवाई कार्यक्रममा ४५ जना भन्दा बढि सेवा ग्राहि नागरिक, राजनीतिक दल, विषयगत कार्यालयहरुको प्रमुख एवं प्रतिनिधिको उपस्थिती भएको थियो ।
कार्यक्रममा वडाले सम्पन्न गरेका योजना, बाकि रहेका योजना र उठाएको राजश्वको बारेमा वडा सचिव नुमराज भुसालले जानकारी गराउनु भएको थियो।
कार्यक्रममा सहभागीले वडामा पानीको उचित निकास नहुदा डुबान हुने, ढल निकास, फोहोर व्यवस्थापन, खेल मैदानको व्यवस्थापन, युवालाई सिपमुलक तालिमको व्यवस्था, हाटबजारलाई व्यवस्थित गर्नुपर्ने बताएका थिए।
सार्वजनिक सुनुवाई कार्यक्रम पश्चात उठेका गुनासा प्रतिक्रिया र सुझावहरुलाई सम्बोधन गर्दै बुद्धभूमि नगरपालिका वडा २ का अध्यक्ष सुरज प्रताप राणाले आफु पहिलो पटक जनताको सेवा गर्ने ठाउमा आएकाले सबैले उठाएका कुरालाई क्रमस सम्बोधन गर्दै लैजाने, वडाले गरेका कामको अनुगमन गरि गलत भएको भए आफुलाई तुरुन्त सम्पर्क गरि जानकारी गराउन अनुरोध गर्नुभएको थियो।
कार्यक्रममा स्थानिय विभिन्न राजनैतिक दलका प्रतिनिधि, समाजसेवी, बुद्दिजिवि,पत्रकार लगायको उपस्थिति रहेको थियो।


खबर सबै
-
कपिलवस्तुबाट १७५ जना हज यात्रामा जाँदै, गिरयाे बिदाइ
-
कपिलवस्तुको ‘कोइलीचौर वन’ बन्यो अन्य जिल्लाका सामुदायिक वनका लागि ‘सिकाइ केन्द्र’
-
मुख्यमन्त्री विजयले के गरे पहिलो निर्णय ?
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी











प्रतिक्रिया