

कपिलवस्तुमा ट्याक्टरसँग मोटरसाइकल ठोक्किदा एक किशोरीको ज्यान गयो





कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकामा रोकिराखेको ट्याक्टरसँग मोटरसाइकल ठोक्किदा एक १९ वर्षीय किशोरीको ज्यान गएको छ । दुर्घटनामा अर्का एकजना घाइते भएका छन ।
शिवराज नगरपालिका ३ खरेन्द्रपुर स्थित सडकको किनारमा रोकिराखेको ट्याक्टरमा पश्चिमबाट पुर्व तर्फ जादै गरेको मोटरसाईकल ठोक्किएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी स्थानीय १९ बर्षिय अस्मिता खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
दुर्घटनामा मोटरसाईकल चालक शिबराज नगरपालिका ३ मदवा बस्ने बर्ष १८ का बिमल पाण्डेको दुबै खुट्टामा चोट लागेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । मोटरसाईकल पछाडी सवार अस्मिताको टाउकोमा चोट लागि गम्भिर घाईते भएकी थिइन ।
खनालको उपचारको क्रममा बुधबार राति मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ट्याक्टर, ट्याक्टर चालक र मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको छ । घटनाबारे थप अनुशन्धान भैरहेको कपिलवस्तु प्रहरीले बताएको छ । दुर्घटना बुधबार बिहान भएको थियो । किशोरीको उपचारका क्रममा बुधबार राति ज्यान गएको हो ।


खबर सबै
-
कपिलवस्तुबाट १७५ जना हज यात्रामा जाँदै, गिरयाे बिदाइ
-
कपिलवस्तुको ‘कोइलीचौर वन’ बन्यो अन्य जिल्लाका सामुदायिक वनका लागि ‘सिकाइ केन्द्र’
-
मुख्यमन्त्री विजयले के गरे पहिलो निर्णय ?
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी











प्रतिक्रिया