

साढे दुई महिनामा ८ सय बढी विपद्जन्य घटना, ९५ जनाको ज्यान गयो



काठमाडौं । यो वर्षको अघिल्लो साढे दुई महिनामा ८ सय ९१ वटा विपद्जन्य घटनामा परेर ९५ जनाको निधन भएको तथ्यांक सार्वजनिक भएको छ ।
गत वैशाख १ गतेदेखि असार १४ गतेसम्म विभिन्न घटनामा परि ९५ जनाले ज्यान गुमाएका हुन् ।
राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यी घटनाहरुमा परेर २ सय ४ जना घाईते भएका छन् भने १ जना वेपत्ता भएका छन् । त्यस्तै, यी घटनाका कारण १ हजार १ सय ५८ घर–परिवार प्रभावित भएका छन् ।
प्राधिकारणका अनुसार सबैभन्दा धेरै चट्याङ लागेर ३७ जनाको मृत्यु भएको छ भने आगलागीबाट १८, जनावरको आतङ्कबाट १२ र पहिरोमा परि १० जनाले ज्यान गुमाएका छन् ।
बाढी तथा भारी वर्षाका कारण ४, सर्पदंश, हावाहुरी तथा जङ्गलमा लागेको आगलागीका कारण १३ जनाले ज्यान गुमाएका छन् ।
यी घटनामा ५८ करोड ६७ लाख ८८ हजार ५ सय ६० रुपैयाँ बराबरको अनुमानित क्षति भएको प्राधिकरणले जनाएको छ ।


खबर सबै
-
चार धाम जोडेर ‘रुरु महास्नान’ आयोजना गरिने
-
हङकङले दियो नेपाललाई २६२ रनको लक्ष्य
-
आज ‘जेनजी’ शहीद दिवस : सार्वजनिक बिदा
-
रसुवा बाढीका मृतकहरुकाे सम्झनामा बाणगंगामा श्रद्धाञ्जली तथा शोकसभा
-
रसुवा बाढीका मृतकहरूको सम्झनामा कृष्णानगरमा दीप प्रज्वलन
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाली कांग्रेसको एक करोड रुपैयाँ सहयोग प्रदान
-
रसुवा बाढीका मृतकहरुकाे सम्झनामा बाणगंगामा श्रद्धाञ्जली तथा शोकसभा
-
रसुवा बाढीका मृतकहरूको सम्झनामा कृष्णानगरमा दीप प्रज्वलन
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाली कांग्रेसको एक करोड रुपैयाँ सहयोग प्रदान
-
एनपीएलको टिकेटिङ पार्टनरमा इसेवा
-
विद्युत् आयोजनाका सुरुङमा १२१ जना मात्रै फसेका छन् : नेपाली सेना
-
कपिलवस्तु : गोमन सर्पले डस्यो, उपचारमा ढिलाइ हुँदा १३ वर्षीया बालिकाको मृत्यु






प्रतिक्रिया