

पहिराेका कारण १२ जिल्लाका सडक पनि ठप्प





काठमाण्डाै
देशका विभिन्न ठाउँमा अहिले पनि ठूलो पानी परिरहेको छ । गए रातिदेखि झरी सुरु भएकोमा सबैजसो ठाउँमा अहिले हल्का झरी परिरहेको र केही ठाउँमा ठूलो पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
विशेषगरी लुम्बिनी, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा अति ठूलो पानी परिरहेको मौसमविद् वरुण पौडेलले बताउनुभयो । पूर्वी तराईका धेरैजसो ठाउँ डुबानमा परेका छन् ।
यसैबीच निरन्तरको वर्षाका कारण राष्ट्रिय राजमार्ग अन्तर्गतका विभिन्न चार ठाउँमा सडक बन्द भएका छन् । कोशी राजमार्ग अन्तर्गत विराटनगरबाट धनकुटा हुँदै किमाथाङ्का जाने सडक अन्तर्गत सङ्खुवासभाको सम्मटार र वरुण खोलामा सडक बन्द भएको छ । यस्तै डुम्रे बेसीसहर चामे सडक अन्तर्गत लमजुङको उदीपुर र मनाङको मार्दीभीरमा पहिरोले सडक बन्द भएको छ ।
पहिरोले राष्ट्रिय राजमार्ग अन्तर्गतका सडकको ४५ ठाउँमा अवरोध भएकोमा चार ठाउँको सडक एकतर्फी खुलाएको र ३७ ठाउँको सडक पूर्णरूपमा खुलाएको सडक विभागले जनाएको छ । मुख्य राजमार्गबाहेक पनि विभिन्न १२ वटा जिल्लामा सडक बन्द भएकाे प्रहरी प्रधान कार्यालयले जनाएको छ । सिन्धुली, दार्चुला, मोरङ, बाग्लुङ, प्युठान, धादिङ, दाङ, तनहुँ, नवलपरासी (पूर्व), धनकुटा, उदयपुर र सोलुखुम्बुका विभिन्न ठाउँमा पहिरो जाँदा सडक बन्द भएको हो ।
यसैबीच नारायणगढ–मुग्लिन सडक खण्डका १७ ठाउँ पहिरोको हिसाबले उच्च जोखिममा देखिएको छ । यस वर्षको वर्षासँगै तीमध्ये सात ठाउँमा साना–ठूला पहिरो खसिसकेका डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियर सागर कार्कीले बताउनुभयो । उहाँका अनुसार चार किलो, नाम्सी पुल, तीन नम्बर पुल, २६ किलो, २० किलो, १५ किलो, जुगेडी बजार नजिकैको कविलास जाने बाटो उच्च जोखिममा देखिएका छन् ।


खबर सबै
-
कपिलवस्तुबाट १७५ जना हज यात्रामा जाँदै, गिरयाे बिदाइ
-
कपिलवस्तुको ‘कोइलीचौर वन’ बन्यो अन्य जिल्लाका सामुदायिक वनका लागि ‘सिकाइ केन्द्र’
-
मुख्यमन्त्री विजयले के गरे पहिलो निर्णय ?
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी











प्रतिक्रिया