
बजारमा नोकियाका पुराना मोडल फेरि आउँदै, यस्ता छन् थपिएका फिचर

काठमाडौं
बजारबाट हराउन लागेको मोबाइल ब्राण्ड नोकियाले पछिल्लो समय नयाँ मोडेलका स्मार्टफोनहरू सार्वजनिक गरिरहेकाे छ । निश्चित देश वा क्षेत्रलाई लक्षित गर्दै नोकियाले विस्तारै आफ्ना स्मार्टफोनहरू सार्वजनिक गर्ने क्रम जारी छ
केही स्मार्टफोनहरू हालै सार्वजनिक भएका छन् भने केही सार्वजनिक हुने क्रममा छन् । बाहिरिएको जानकारी अनुसार नोकियाले अब आफ्नो नोकिया ‘जी११ प्लस’ र ‘नोकिया टी१०’ चाँडै नै सार्वजनिक गर्दैछ ।
यी फोनहरू भन्दा अगाडि भने नोकियाको पुराना मोडेलका फोनहरू ब्युँतिने जानकारी बाहिरिएको छ ।
नोकियाले आफ्नो पुराना मोडलका नोकिया ५७१० एक्स ए, नोकिया ८२१० फोरजी र नोकिया २६६० फ्लिप सार्वजनिक गर्ने तयारी गरेकाे छ । यी फोनहरू भने विश्वबजार लक्षित गरी सार्वजनिक गर्न लागिएको हो ।
नोकिया ५७१० एक्स ए
सार्वजनिक हुने तयारीमा रहेकामध्ये सबैभन्दा आकर्षित फोनको रुपमा दाबी गरिएको ‘नोकिया ५७१० एक्स ए’ फोनको विशेषता यसको किबोर्ड हो ।
यो फोनको किबोर्ड ३६० डिग्री घुमाउन सकिन्छ, जसमा फरक फरक कीहरू छन् । यसको एकातिर किबोर्ड अर्कोतिर म्युजिकका लागि डेडिकेटेड किबोर्ड, एकातिर स्पिकर र अर्कोतिर क्यामेरा रहेको छ ।
कालो र सेतो रंगमा उपलब्ध यो फोनको मूल्य १०४ डलर तोकिएको छ ।
नोकिया ८२१० फोरजी
सन् १९९९ मा सार्वजनिक भएको नोकिया ८२१० मोडलको फोन त्यो समयको सबैभन्दा सानो र हलुको फोन थियो । यो फोन फोरजी सपोर्टसहित पुन: बजारमा आउन लागेको हो । दुईवटा सिम प्रयोग गर्न मिल्ने यो फोनको मूल्य ८३ डलर तोकिएको छ ।
नोकिया २६६० फ्लिप फोरजी
गत वर्षमात्र नोकियाको ‘नोकिया २७६० फ्लिप’ सार्वजनिक भएको थियो, जुन अमेरिकी बजारलाई मात्र लक्षित गरी सार्वजनिक गरिएको थियो ।
अब भने विश्वबजारलाई लक्षित गरी भने नोकियाको निर्माता कम्पनी एचएमडी ग्लोबलले नोकिया २६६० फ्लिप फोरजी सार्वजनिक गर्ने भएको हो । १४५० एमएएच ब्याट्री क्षमता भएको यो फोन निलो र कालो रंगमा उपलब्ध हुने बताइएको छ ।
-टेकपानाबाट साभार


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया