

एक्लै चुनाव लड्न नेतृत्वलाई दबाब



काठमाण्डौँ
एमालेबाट विभाजित भई बनेको नेकपा एकीकृत समाजवादी (नेकपा एस) का नेता तथा कार्यकर्ताले कुनै दलसँग गठबन्धन नगरी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जान नेतृत्वलाई दबाब दिएका छन् । अहिले सत्ता गठबन्धनमा रहेका काँग्रेस र माओवादीले नेकपा एसलाई हेपेका कारण अबको निर्वाचनमा गठबन्धन नगरी एक्लै जनतामाझ जान राष्ट्रिय प्रतिनिधि परिषद्मा सहभागी नेता तथा कार्यकर्ताले नेतृत्वलाई दबाब दिएका हुन् । नेकपा एस पनि सत्ता गठबन्धनमा छ।
नेकपा एसको दुई दिनसम्म काठमाडौँमा चलेको राष्ट्रिय प्रतिनिधि परिषद् बैठकमा सहभागी अधिकतरले काँग्रेस र माओवादीको हेपाहा प्रवृत्तिले आफूहरूको शिर निहुरिएको बताएका थिए। ुस्थानीय तह निर्वाचनमा अधिकतर स्थानमा काँग्रेस, माओवादीले हाम्रो पार्टी नयाँ भएको भन्दै हेपाहा प्रवृत्ति देखाए, हामीलाई अलमल्याउने काम मात्रै गरेु, परिषद् बैठकमा वाग्मती प्रदेशबाट सहभागीमध्ये प्रतिनिधिले भनेका थिए। वाग्मती प्रदेशबाट सूर्यचन्द्र न्यौपानेले प्रतिनिधिहरूको समग्र धारणा प्रस्तुत गरेका थिए। आजको नागरिक दैनिकमा समाचार छ ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया