

महाकाली सन्धिकाे २६ वर्षपछि नेपालले पानी पायाे (तस्बिरहरू)





काठमाण्डौ
नेपाल र भारतबीच महाकाली एकीकृत विकास सन्धि भएको २६ वर्षपछि नेपाललेपानी पाएको छ । सन् १९९६ मा नेपाल र भारतबीच भएको महाकाली एकीकृत सन्धिअनुसार मूल नहर निर्माण कार्य सुरु भएको थियो । नहर थालनी भएको २० वर्षभित्र नहर निमार्ण गरी सक्नुपर्ने भए पनि आयोजनालाई २६ वर्षपछि भारतले पानी दिएको हो ।

महाकाली सिँचाइ आयोजना तेस्रो चरणका अनुसार भारत तर्फबाट निमार्ण गरेको नहरको भागमा केही दिन अगाडिदेखि परीक्षण गर्नका लागि पानी छोड्न थालिएको छ । यसैगरी नेपाली पक्षले पनि आवश्यक तयारी गरेर भोलि बुधवार पानी नहरमा ल्याउने गरी तयारी गरिरहेको आयोजना कार्यालयले जनाएको छ ।


महाकाली सिँचाइ आयोजना तेस्रो चरणका आयोजना निर्देशक रणबहादुर बमले तीन दिनदेखि निरन्तररूपमा टनकपुर नहरबाट नेपालतर्फ पानी आइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपाल–भारत दुई देशबीच महाकाली सम्झौता भएको थियो । त्यो सम्झौता अनुसार नेपाललाई टनकपुर ब्यारेजबाट २८ दशमलव ३५ क्युसेक पानी उपलब्ध गराउने सहमति भएको थियो । काम गर्दै जाँदा २६ वर्षपछि नेपालतर्फ नहर बनेर पानी झरेको अवस्था छ । अहिले निरन्तर पानी परीक्षण भइरहेको छ । भोलि असार १५ गते धान दिवसको अवसरमा टनकपुरबाट १९ किलो मिटरबाट पानी ल्याएर पहिलो पटक नेपाली खेतमा पानी पुर्याएर रोपाइँ गर्ने कार्यक्रम राखेका छौं । २६ वर्षपछि महाकालीको पानी नेपालको नहरमा बग्दा सबैलाई खुसी लागेको छ ।’


सन् २०२२ सम्म मूल नहर निर्माणसम्पन्न गरिसक्नुपर्ने भनिए पनि पूरै काम सकिने सम्भावना कम देखिन्छ । सन्धिअनुसार मूल नहरबाट नेपालले गर्मीमा २८ दशमलव ३५ क्युसेक पानी पाउनेछ भने हिउँदको समयमा ८ दशमलव ५ क्युसेक पानी प्राप्त गर्नेछ । मूल नहरसँगै शाखा नहर निर्माण गर्ने कुरालाई पनि अगाडि बढाइएको छ । महाकाली सिँचाइ तेस्रो चरण आयोजनाका अनुसार ब्रह्मदेव क्षेत्रमा १२ वटा शाखा विस्तार गरिनेछ भने मुसेपानी हात्तीथला क्षेत्रमा १० वटा शाखा विस्तार गरिनेछ ।

सन् १९९६ मा नेपाल र भारतबीच एकीकृत महाकाली सन्धि हुँदा दोधारा र चाँदनीलाई सिँचाइका लागि पानी दिनुपर्ने तथा भारतीय भूमिमा एक हजार दुई सय नहर निर्माण गर्नुपर्ने कुरा उल्लेख गरिएको थियो । विसं २०५२ माघ २९ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री पीभी नरसिंह रावबीच महाकाली सन्धि भएको थियो ।



तस्बिर : न्युज एजेन्सी नेपाल


खबर सबै
-
कपिलवस्तुबाट १७५ जना हज यात्रामा जाँदै, गिरयाे बिदाइ
-
कपिलवस्तुको ‘कोइलीचौर वन’ बन्यो अन्य जिल्लाका सामुदायिक वनका लागि ‘सिकाइ केन्द्र’
-
मुख्यमन्त्री विजयले के गरे पहिलो निर्णय ?
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी











प्रतिक्रिया