

वामदेवले खोले नयाँ पार्टी, भन्छन्, “पार्टी उद्घाटन हुँदा नेपाल नै चकित हुनेछ”





काठमाण्डौ । राष्ट्रिय सभा सदस्य एवम् पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले नेपालमा कम्युनिस्ट आन्दोलन नै धराशायी बन्दै गइरहेको बताउनुभएको छ ।
आज मङ्गलवार काठमाण्डौमा नेकपा राष्ट्रिय एकता अभियान पार्टीको घोषणा गर्दै गौतमले यस्तो बताउनुभएको हो । उहाँले आफूले जग हालेको र आन्दोलन सुरु गरेको कम्युनिस्ट पार्टी नै आज धराशायी बनेकोले कम्युनिस्ट एकताका लागि नै आफूले पार्टी घोषणा गरेको बताउनुभयो । उहाँले आफूले आज घोषणा गरेको पार्टी उद्घाटनताका नेपाल नै चकित हुने दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘कम्युनिस्ट आन्दोलन धराशायी भइरहेको छ । मैले निर्माण गरेको पार्टी, मैले नै सुरु गरेको आन्दोलन धराशायी हुनसक्ने स्थिति देखिएकोले मैले आज शिलान्यास गरेको पार्टी उद्घाटन गर्ने बेलामा नेपाल चकित हुनेछ ।’
गौतमले आफू अहिलेसम्म गएका पार्टीहरू सुदृढ र राम्रो बनेको दाबी गर्दै उद्घाटनका बेला हजारौँ मानिस आफ्नो साथमा हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले पार्टीमा नातेदारहरूलाई राखेको भन्नेमा कुनै सत्यता नरहेको पनि स्पष्ट पार्नुभयो । उहाँले कुनै पनि मानिस केमा लाग्ने भन्ने कुरा स्वतन्त्र रहेकोले पार्टीमा परिवारका सदस्य रहे पनि पार्टी नै कम्युनिस्ट आन्दोलन र एकतालाई सफल पार्नका लागि बनेको बताउनुभयो ।
सदस्य गौतमले गएको पालिका चुनावमा कम्युनिस्ट कमजोर बनेको स्पष्ट देखिएको भन्दै अब पनि कम्युनिष्छ एक नहुने हो भने आउँदो चुनावमा नेपाली कांग्रेसले बहुमत प्राप्त गर्ने दाबी गर्नुभयो । उहाँले आउँदो पाँच वर्ष कांग्रेसले गठबन्धन गरेर अघि बढे पनि त्यसपछिका दिनमा कांग्रेसलाई कुनै गठबन्धनको आवश्यकता नपर्ने अवस्था बन्दै गएको टिप्पणी गर्नुभयो ।
सदस्य गौतमले नेपाली कांग्रेस सत्तामा रहँदा विकासको नाममा जे पनि गर्ने गरेको आरोप लगाउनुभयो । उहाँले एकीकृत भएको कम्युनिस्ट आन्दोलन र पार्टी अघि बढेमात्रै देश विकास सम्भव रहेको जिकिर गर्नुभयो । उहाँले अहिले पनि दल दर्ता भइसकेका र नभएका गरि पाँचरदश वटा सङ्गठन आफ्नो साथमा रहेको भन्दै अब नेपालको कम्युनिस्ट आन्दोलनलाई सुदृढ बनाउँदै अघि बढ्ने बताउनुभयो ।


खबर सबै
-
कपिलवस्तुबाट १७५ जना हज यात्रामा जाँदै, गिरयाे बिदाइ
-
कपिलवस्तुको ‘कोइलीचौर वन’ बन्यो अन्य जिल्लाका सामुदायिक वनका लागि ‘सिकाइ केन्द्र’
-
मुख्यमन्त्री विजयले के गरे पहिलो निर्णय ?
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी











प्रतिक्रिया