बुटवल-गोरुसिङगे-चन्द्रौटा सडक खण्ड स्तरोन्नतिबारे बाणगंगामा सार्वजानिक सुनुवाई, 

भगवती न्यौपाने कपिलवस्तु । बुटवल गोरुसिङगे चन्द्रौटा ५० कि.मि.सडक खण्ड स्तरोन्नति आयोजनाको प्राम्भिक वातावरणीय परीक्षण प्रतिवेदन सम्बन्धमा सार्वजनिक सुनुवाई कार्यक्रम वाणगंगा नगरपालिकामा सम्पन्न भएको छ । पूर्व पश्चिम राजमार्गको व्यापार पारवाहन साथै देशको सामाजिक, आथिक विकासमा वृद्धि गर्नु सडक विस्तारको मुख्य उद्धेश्य रहको छ ।
सडक खण्डलाई २ लेनबाट ४ लेनमा स्तरोन्नति गरिने छ । सो आयोजना बुटवलको तिनाउ पुलदेखि ३०० पश्चिमबाट शुरु भई ,गोरुसिंगे बजार हुँदै बलेवा गद्र्धा खोला नजिक २०० मिटर अगाडी समाप्त हुनेछ । हालमा ७–८ मिटर चौडाईको बिटुमिन सडकलाई ग्रामीण र वन क्षेत्रमा २४ मिटर, अर्ध शहरीक्षेत्रमा ३३ मिटर र शहरी क्षेत्रमा सर्भिस लेन सहित ५० मिटर चौडाईको सडक हुने गरि निर्माण प्रस्ताव गरिएको छ ।
वातावरण विज्ञ राजन श्रेष्ठले सवाजनिक सुनुवाईमा प्रतिवेदन प्रस्तुत गर्दै आयोजनाको जानकारी,आयोजनाको प्रत्यक्ष प्रभावित क्षेत्र, स्तरोन्नति डिजाईन, प्रभाव पर्ने जिल्ला नगर, वडा, आवस्यक निर्माण सामाग्रीको परिमाण, भौतिक वातावरण, सामाजिक आर्थिक र सास्कृतिक वातावरण, सडक क्षेत्रमा पर्ने संरचनाहरु, सकरात्मक प्रभाव र भौतिक वातावरणमा पर्ने असर , वन, जनावर लगायतको बारेमा प्रतिवेदन प्रस्तुत गर्नु भएको तियो ।
कार्यक्रम प्रतिवेदन प्रस्तुत पछि विभिन्न सुझावहरु उठेका थिए । जसमा सार्वजनिक शौचालय, वाणगंगा पुलको नया संरचना, जङगली जनावर हुने ठाउँमा कस्तो बनाउने, मन्दिर व्यवस्थापन, खानेपानीको पाईप, पोल तार लगायतका विषयमा प्रश्न उठेका थिए । यता प्रश्नको जवाफ इन्जिनियर सौरभ ढुंगानाले दिनु भएको थियो ।
कार्यक्रमको समापन्न गर्र्दै कार्यक्रमका अध्यक्ष बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले राम्रो काम भएको बताउदै सुझावमा उठेका प्रश्नको कार्यन्वय हुनु पर्ने बताउनु भयो । उहाँले आयोजनाका काममा स्थानीय समस्यामा साथ सहयोग हुने बताउनु भएको थियो । सामाजिक तथा पुर्र्नवास विषेशज्ञ रविन ढकालले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो ।
सार्वजनिक सुनुवाईमा उपप्रमुख रिता कुमारी चौधरी, वडाका वडा अध्यक्षहरु, प्रशासकिय अधिकृत टेकराज पन्थी, विभिन्न संघ सस्था, राजनैतिक दलका प्रतिनिधि,बुद्धिजिवी नगरकाकर्मचारी पुलिस प्रशासनको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

खबर सबै