

कञ्चनपुरमा जसलाई लिफ्ट दिए, उनीहरूले नै गाडी लुटे





कैलाली- महेन्द्रनगरबाट खानीडाँडासम्म जाने भनेर तीन जनाले ‘लिफ्ट’ मागे । गाडीमा आफुबाहेक कोही नभएपछि उनी लिफ्ट दिन तयार भए । र तीन जना गाडीमा चढे । कञ्चनपुरको बेदकोट नगरपालिका ३ घर भएका ३७ वर्षीय लोकेन्द्र भण्डारीले आफ्नो प्रदेश ३–०१–०२३ च ८७२१ नम्बरको नीजि गाडीमा भारतीय मूलका तीन जनालाई लिफ्ट दिएर डडेल्धुराको जोगबुढातर्फ लागे ।
दिउँसो १ बजेतिर कैलालीको गोदावरी नगरपालिका ४ गाईमारे नजिक जसलाई लिफ्ट दिएका थिए, उनीहरुबाटै उनी लुटिए । उनीमाथि कुटपिट गरियो । कपडाले हातखुट्टा र मुख बाँधी सडकदेखि १०० मिटर तल जंगलमा फालियो । र उनको गाडीसँगै मोबाईल, पर्स समेत लगेर उनीहरु फरार भए ।
त्यसअघि, गोदबरी पुगेपछि उनीहरुले गाडी रोकेर फोटो खिचौं भने । गाडी रोकेपछि तीनै जनाले चक्कुले टाउकोमा प्रहार गरे । हातमुख बाँधेर ढुंगाले हानेर गाडीबाट तल फालिदिए । हात, खुट्टा र मुख बाँधिएको अवस्थामा रहेका उनले जसोतसो खुट्टा फुकाले । र जंगलबाट सडक छेउसम्म पुगे ।
त्यहाँ बाटोमा हिड्नेहरुले देखेपछि प्रहरीलाई खबर गरे । प्रहरीले उद्धा गरेर उनलाई अत्तरियाको पद्मा अस्पताल पुर्यायो । लुटिएको गाडी खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।
उनी डडेल्धुराको आलिताल गाउँपालिका कम्प्युटर अपरेट हुन् । उनी घरबाट आफ्नो अफिस जान लागिरहेका थिए ।


खबर सबै
-
कपिलवस्तुबाट १७५ जना हज यात्रामा जाँदै, गिरयाे बिदाइ
-
कपिलवस्तुको ‘कोइलीचौर वन’ बन्यो अन्य जिल्लाका सामुदायिक वनका लागि ‘सिकाइ केन्द्र’
-
मुख्यमन्त्री विजयले के गरे पहिलो निर्णय ?
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी











प्रतिक्रिया