

६ महिनामा विभिन्न ४१ वटा घटना


अर्घाखाँची । पछिल्लो ६ महिनाको अवधिमा अर्घाखाँची जिल्लामा ४१ वटा विभिन्न खाले घटना भएको तथ्याङ्क सार्वजनिक भएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) अर्घाखाँचीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रममा शुक्रवार सन्धिखर्कमा सम्पन्न भएको कार्यक्रममा यसबारे जानकारी दिइएको हो ।
कार्यक्रममा इन्सेक अर्घाखाँची प्रतिनिधि कुलबहादुर नेपालीले ६ महिनाको अवधिमा जिल्लामा सङ्कलित घटनाहरू प्रस्तुत गरेका थिए । नेपालीले ६ महिनाको अवधिमा अर्घाखाँचीमा बाल यौन दुर्व्यहारका १ , जबरजस्ती करणीका (बलात्कार) ३ , बहुबिबाहका २, कुटपिटको १, घरेलु हिंसाका २९ ,महिला हिंसाका २, यौन दुव्र्यबहार (बलात्कारको प्रयास) १, बालयौन दुव्र्यबहार १, अभद्र तथा दुव्र्यबहार गर्न नहुने २ वटा गरी कुल ४१ वटा घटना भएको जानकारी दिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शसीधर घिमिरेले कानुन एकातिर हिडेको भएपनि समाज अर्केतिर हिडेको भन्दै कानुनको सबैले आत्मसाथ गरी पालना गर्नुपर्नेमा जोड दिए । समाजमा शान्ती स्थापनागर्न सबैले हालेमालो गरी अगाडी बढ्नुपर्ने बताउदै घिमिरेले छिटो समाचार सम्प्रेषण गर्ने होडबाजीमा गलत र तथ्यहिन समाचार प्रकाशन÷प्रसारण नगर्नसन्चारमर्कीलाई आग्रह समेत गरेका छन्।
अर्घाखाँची जिल्ला अदालतका श्रेस्तेदार महेश खनालले कानुनको बुझाई कम भएको भन्दै सबैलाई सम्बेदनशिल बन्न आग्रह गरे । उनले जसले ठगी गरेको छ त्यसैले संरक्षण पाउनु गलत भएको भन्दै सबैले निति नियम र कानुनको पालना गर्नु पर्ने बताएका हुन ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी प्रहरी निरीक्षक अर्जुन पौडेलले लुकेका घटनाहरूलाई बाहिर ल्याउन सरोकारवाला निकायले सहयोग गर्न आग्रह गरेका छन् । पौडेलले मानव अधिकारको बिषय प्राथमिकताको बिषय भएको पनि बताए ।
सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रममा जिल्ला न्यायधिबक्ता श्याम सुन्दर चौधरी लगायतले मनतब्य राख्दै इन्सेकले प्रकाशन गर्ने मानव अधिकार वर्ष पुस्तक एउटा ईतिहास भएको र जसका कारण सरकारी गैरसरकारी निकायहरूको नजरमा विश्वनीय रहेको बताउदै यसको निरन्तरताको लागि शुभ कामना दिएका थिए ।


खबर सबै
-
नेपालका दुई नदीको संगममा ठुलो जलाशय, चीनले दियो चेतावनी
-
विनाशकारी बाढी : मृतकको सङ्ख्या २७० पुग्यो
-
नेपालका लागि भारतबाट आइपुग्यो ३७.५ टन राहत सामग्री
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन






प्रतिक्रिया