कपिलवस्तुका स्थानिय तह : निति कार्यक्रम देखि कहाँ कति बजेट

कपिलवस्तु

कपिलवस्तुका अधिकांश स्थानीय तहले शुक्रबार आगामी आ व ०७९रू८० को निति कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन् ।
१० स्थानीय तह रहेको जिल्लामा कपिलवस्तु नगरपालिकाले शुक्रबार नीति तथा कार्यक्रम पास गरेको हो । नगरसभामा नगर प्रमुख सुदीप पौडेललेेेेे प्रस्तुत गरेको नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित भएको हो ।
नगर प्रमुख पौडेलका अनुसार यहीँ असार १५ गते बजेट ल्याउने तयारी छ ।

यता कृष्णनगर नगरपालिकाले आगामी आव ०७९ रू८० को लागि रु.७६ करोड ३२ लाख बराबरको बजेट सार्वजनिक गरेको छ । नगर प्रमुख रजत प्रताप शाहले बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उक्त नीति तथा कार्यक्रम भने पारित भएको नगरका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र ढकालले जानकारी दिए ।

बजेट आकारका हिसाबले जिल्लाकै सबैभन्दा बढी बाणगंगा नगरपालिकाले आगामी आवको लागि रु.१ अरब ४९ करोड १७ बराबरको बजेट प्रस्तुत गरेको छ । ११ औं नगरसभामा नगर उपप्रमुख रीता कुमारी थारुले बार्षिक बजेटसहितको कार्यक्रम प्रस्तुत गरेकी हुन् । प्रस्तुत बजेट माथि दफाबार छलफल पश्चात असार १५ गते पारित गर्ने गरि शुक्रबारको सभा सकिएको छ ।
बाणगंगाले यसभन्दा अगाडी बुधबार नै नीति तथा कार्यक्रम पारित गरिसकेको थियो । शुक्रबार दोस्रो चरणको नगरसभा बसेको हो ।

महाराजगन्ज नगरपालिकाले रु.१ अर्व ११ करोड ८६ लाख बराबरको बजेट पेश गरेको छ । नगर उपप्रमुख रीताकुमारी कुर्मीले चालु तर्फ रु.६६ करोड र पँुजीगत तर्फ रु ४५ करोड बराबरको बजेट प्रस्तुत गरेकी छिन् ।
नगर प्रमुख अब्दुल कलमद्धारा नगरसभामा प्रस्तुत बार्षिक नीति तथा कार्यक्रम भने सर्वसम्मतले पारित भएको छ ।

यता शिवराज नगरपालिकाले पनी निति तथा कार्यक्रम सँगै वजेट सार्वजनिक गरेको छ । कुल १ अर्व १९ करोड बजेट सार्वजनिक गरेको शिवराजमा पुँजीगत तर्फ १२ करोड ६४ लाख चालुतर्फ ३४ करोड ३२ लाख बजेट रहेको उप प्रमुख शिव कुमारी थारुले प्रस्तुत गरेको बजेटमा जनाईएको छ ।

चार गाउँपालिका रहेको जिल्लामा शुद्धोधन गाउँपालिकाले आगामी आव रु.५३ करोड बराबरको बजेट गाउँसभामा पेश गरेको छ । गाउँपालिका उपाध्यक्ष होमप्रकाश चौधरीले गाउँसभामा प्रस्तुत गरेको बजेट माथि शुक्रबार देखि छलफल प्रारम्भ भएको छ ।

यस्तै गाउँपालिका अध्यक्ष कमलेश शरण चौधरीले प्रस्तुत गरेको बार्षिक नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको जनाइएको छ ।

विजयनगर गाउँपालिकाले रु.६४ करोड ५६ लाख बराबरको बजेट ल्याएको छ । ११ औं गाउँसभामा विजयनगरले उक्त बजेट पेश गरेको हो ।

मायादेवी गाउँपालिका र यशोधरा गाउँपालिकाले नीति तथा कार्यक्रम मात्र ल्याएका छन् । आवश्यक तयारी नपुगेको भन्दै दुबै गाउँपालिकाले शुक्रबार बजेट ल्याउन नसकेका हुन् ।

प्रतिक्रिया

खबर सबै