

इतिहास रच्दै चार महिला डीआइजी बन्दै



काठमाडौं
नेपाल प्रहरीमा रिक्त प्रहरी नायब महानिरीक्षक (डीआइजी)मा १७ एसएसपी बढुवा सिफारिस भएका छन् ।
गृह मन्त्रालयअन्तर्गत बढुवा सिफारिस समितिले बुधबार राति १७ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डीआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।
हालका आईजीपी धिरजप्रताप सिंहले २०७९ चैतमा अवकाश पाएपछि अहिले बढुवामा परेकै ब्याचबाट एआईजी बन्ने प्रहरी अधिकारी आईजीपी बन्ने छन् ।
डीआईजी बढुवाका लागि सिफारिसमा पर्नेमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी बसन्तबहादुर कुँवर पहिलो र दोस्रो नम्बरमा प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान ब्युरोमा कार्यरत एसएसपी टेकप्रसाद राई छन् । राई एसएसपी हुँदा पनि सोही वरियतामा थिए ।
यसैगरी, तेस्रो नम्बरमा अशोक सिंह, चौथौ नम्बरमा दीपक थापा, पाँचौंमा श्यामलाल ज्ञवाली, छैटौंमा किरण बज्राचार्य, सातौंमा सन्दिप भण्डारी, आठौंमा सुदिप गिरी बढुवा सिफारिसमा परेका छन् । गिरी हाल काठमाडौं प्रहरी प्रमुख छन् ।
गृह मन्त्रालय बढुवा सिफारिस समितिको सिफारिसअनुसार नवौं नम्बरमा मिरा चौधरी, दसौंमा टेकबहादुर तामाङ, एघारौंमा उमेशराज जोशी छन् । जोशी उपत्यका ट्राफिक प्रहरी प्रमुख छन् ।
त्यस्तै, १२औं नम्बरमा भिमप्रसाद ढकाल, १३औंमा रामदत्त जोशी, १४औंमा पोषराज पोखरेल, १५औंमा बुद्धिराज गुरुङ, १६औंमा दुर्गा सिंह र १७औंमा किरण राणा बढुवा सिफारिसमा परेका छन् ।
यो खबर आजको राजधानी दैनिकमा छ ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया