

एन्फाको निर्णय : कारबाहीमा परेका सबै खेलाडीलाई ससम्मानका साथ फिर्ता बोलाउने


काठमाडौं
अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय टिमबाट बाहिर राखिएका सबै खेलाडीलाई ससम्मानका साथफिर्ता बोलाउने निर्णय गरेको छ ।
बुधबार बसेको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले राष्ट्रिय टिमबाट बाहिर राखिएका सबै खेलाडीहरुलाई ससम्मान फिर्ता बोलाउने निर्णय गरेको हो ।
मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अनुमतिविना बन्द प्रशिक्षण छाडेर रात्री क्लब पुगेको भन्दै अनुशासनको छडि चलाएका थिए । कारबाहीमा परेका रोहित चन्द, अनन्त तामाङ, अञ्जन विष्ट, विशाल राई, विमल घर्तीमगर, दिनेश राजवंशी, सन्तोष तामाङसहित १० खेलाडीलाई प्रशिक्षक अल्मुताइरीले राष्ट्रिय टोलीबाट बाहिरनिकालेका थिए ।
साथै, एन्फाको बैठकले मुख्य प्रशिक्षक अल्मुताइरीका विषयमा छानबिन गर्न गठित समितिको प्रतिवेदनलाई ध्यानमा राख्ने र अन्तर्राष्ट्रिय सम्बन्धमा खलल नपुग्ने गरी छलफल अघि बढाउने पनि निर्णय गरेको छ ।
एन्फा अध्यक्षमा निर्वाचित पंकजविक्रम नेम्वाङले आफ्नो पहिलो कदम खेलाडीलाई टिममा फिर्ता बोलाएर अघि बढाएका छन् ।


खबर सबै
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु
-
सुपादेउरालीको भेटी सामाजिक कार्यमा
-
सर्वोच्चले दिएन अन्तरिम आदेश
-
पहिलोपटक ६ सय किलो डीडीसीको घिउ दुबई निर्यात हुँदै






प्रतिक्रिया