

कपिलवस्तुका कृष्ण कुँवर प्रदेश सभामा उठ्ने, माओवादीले देला त टिकट ?



कपिलवस्तु । पालिका निर्वाचनका गतिविधि पूर्ण रुपमा सकिएसँगै प्रदेश र संघको निर्वाचनको चर्चा सुरु भएको छ ।
निर्वाचन आयोगले कात्तिक ३० मा प्रदेश र संघीय संसदका लागि निर्वाचन गर्ने गरी तयारी गरिरहेका बेला कपिलवस्तु सहित देशभरका निर्वाचन क्षेत्रहरुमा उम्मेद्धारी दिनेहरुले अहिले देखि नै आफ्नो पक्षमा माहोल सिर्जन गर्न लागिरहेका छन् ।
कपिलवस्तुमा नेकपा माओवादी केन्द्रका नेता एवम् समाजसेवी कृष्ण कुँवरले लुम्बिनी प्रदेशसभा सदस्य पदमा आफ्नो उम्मेद्धारी दिने बताउनुभएको छ । प्रदेश सभा सदस्यमा उठ्ने उहाँको चर्चा सँगै कपिलवस्तुमा पनि आगामी निर्वाचनको माहोल सुरु भएको छ ।
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ३ मा स्थायी घर भएका कुँवर क्षेत्र नं १ (क) बाट प्रदेश सभा सदस्यको लागि प्रत्यक्ष तर्फ उठ्ने निधो गर्नुभएको हो । नेकपा माओवादी केन्द्रले कुँवरलाई टिकट दिने नदिने भने अझै टुङ्गो लागेको छैन । यद्यपी आफूले आन्तरिक रुपमा चुनावी तयारी सुरु गरिसकेको कुँवरले बताउनुभएको छ ।
माओवादी केन्द्रको राजनितिमा राम्रो प्रभाव बनाउनुभएका कुँवर यस अघीका निर्वाचनमा समेत आफ्नो दलका उम्मेद्धारलाई जिताउन लागि पर्नुभएको थियो ।


खबर सबै
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु






प्रतिक्रिया