अनेम संघ बाणगंगाको अध्यक्षमा गीता भुसाल

कपिलवस्तु । नेकपा एमालेको जनवर्गीय संगठन अखिल नेपाल महिला संघ बाणगंगा नगर कमिटिको अध्यक्षमा गीता भुसाल चयन हुनुभएको छ । नगर कमिटिको दोस्रो सम्मेलनबाट अध्यक्षमा भुसाल सर्वसम्मत रुपमा चयन हुनुभएको हो ।

नगर कमिटि अध्यक्ष भएसंगै भुसालले संविधानले तोकेको व्यबस्था अनुसार मात्र महिला सहभागीता नभई महिलाहरुको योग्यता, क्षमता र योगदान अनुसार हरेक क्षेत्रमा सहभागी गराउने तर्फ आफ्नो विशेष ध्यान जाने बताउनुभयो ।

शपथ ग्रहण गर्दै उहाँले विशेष गरि पार्टीलाई सांगठनिक रुपमा मजबुत बनाउन, पार्टीका हरेक गतिविधिलाई चुस्त दु्रस्त राख्न र निष्क्रिय रहेका महिलाहरुलाई राजनीतीमा पहुँच पु–याई महिला नेतृत्वको विकास गर्ने संकल्पका साथ आफु अगाडि बढ्ने बताउनुभयो ।

प्रतिक्रिया

खबर सबै