

योग दिवस : युनाइटेडमा बालबालिकालाई गराइयो योग अभ्यास





ई—साझाकुरा,कपिलवस्तु । अन्तराष्ट्रिय योग दिवसको अवसरमा मंगलबार कपिलवस्तुका विभिन्न क्षेत्रमा योग अभ्यास तथा यससँग सम्बन्धित विविध कार्यक्रम गरि दिवस मनाइएको छ ।
दिवसको अवसरमा कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ८ स्थित युनाइटेड स्टुडेन्ट एकेडेमी विद्यालयले अध्ययनरत विद्यार्थीहरुलाई विद्यालयमै योग शिक्षा सहितको अभ्यास गराएको छ । मानव स्वास्थ्य र स्वस्थ जीवन यापनका लागी योगको आवश्यकता र महत्व आदिम मानव सभ्यतासँग जोडिएको विषय रहेकाले पनि आधुनिक विश्वमा मानवीय व्यस्तताले योगलाई अझै महत्वका साथ लिइएको छ । यस्तै विद्यालयले आठौँ अन्तराष्टिय योग दिवसको अवसर पारी आज देखि नै नियमित योग शिक्षणको पनि सुरुवात गरेको छ ।
‘मानवताका लागि योग’ भन्ने नाराका साथ मनाइएको योग दिवसका अवसरमा युनाइटेडमा अध्ययनरत करिब ४ सय बढी विद्यार्थी कार्यक्रममा सहभागि भएको विद्यालयका शिक्षक प्रेमनारायण पाण्डेले जानकारी दिनुभएको छ । शिक्षक शिव खनाल र तृष्णा तिवारीले विद्यार्थीहरुलाई योगाभ्यास गराउनु भएको थियो ।
योग व्यक्तिको शारीरिक, मानसिक र आध्यात्मिक स्वास्थ्यलाई सुदृढ गर्ने अभ्यास भएको भन्दै विद्यालयले हरेक दिन विद्यार्थीहरुलाई घरमा पनि योगको अभ्यासका लागि आग्रह गरेको छ । आधुनिक चिकित्सा पद्धतिले रोग लागिसकेपछिको उपचारमा पनि शारीरिक पक्षहरूलाई महत्त्व दिएको पाइन्छ । योग अभ्यासले मनको शान्ति, आत्मनियन्त्रण र अध्यात्मिकतामा महत्त्व दिँदै आएको छ ।
युनाइडेट स्टुडेन्ट एकेडेमीले योगलाई हाम्रो शिक्षाको अङ्गका रूपमा विकास गर्दै यसबारे हुने अध्ययन अनुसन्धानलाई थप सुदृढ बनाउँदै लैजानुपर्ने आवश्यकता रहेकोमा जोड पनि दिएको छ ।



खबर सबै
-
सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गर्ने
-
नेपाली विदेश जाँदा नौ महिनामा बाहिरियो एक खर्ब ६५ अर्बभन्दा बढी रकम
-
स्ववियु खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
-
रास्वपाले तोक्यो वडा, पालिका र जिल्ला अधिवेशनको मिति, कसको कहिले ?
-
कपिलवस्तुबाट १७५ जना हज यात्रामा जाँदै, गिरयाे बिदाइ
-
कपिलवस्तुको ‘कोइलीचौर वन’ बन्यो अन्य जिल्लाका सामुदायिक वनका लागि ‘सिकाइ केन्द्र’
-
रास्वपाले तोक्यो वडा, पालिका र जिल्ला अधिवेशनको मिति, कसको कहिले ?
-
कपिलवस्तुबाट १७५ जना हज यात्रामा जाँदै, गिरयाे बिदाइ
-
कपिलवस्तुको ‘कोइलीचौर वन’ बन्यो अन्य जिल्लाका सामुदायिक वनका लागि ‘सिकाइ केन्द्र’
-
मुख्यमन्त्री विजयले के गरे पहिलो निर्णय ?
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन











प्रतिक्रिया