

प्रतिनिधि सभा बैठक आज



काठमाडौं
प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे संघीय संसद भवनमा बस्नेछ । आजको बैठकमा विभिन्न विधेयकहरू प्रस्तुत गर्ने कार्यसूची बनेको संसदको सचिवालयले जनाएको छ ।
गृहमन्त्री बालकृष्ण खाँणले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक, २०७९’ संसदमा प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय भएको छ ।
यस्तै ‘आर्थिक विधेयक, २०७९’ माथि छलफल तथा पारितका लागि अर्थमन्त्री जनार्दन शर्माले संसदमा प्रस्तुत गर्नेछन् ।
आजको बैठकमा ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७९’ माथि छलफल हुनेछ । सो विधेयक पारितका लागि अर्थमन्त्री शर्माले प्रस्ताव गर्नेछन् ।
यस्तै ‘ऋण तथा जमानत (पच्चीसौं संशोधन) विधेयक, २०७९’ पारित गर्नका लागि अर्थमन्त्री शर्माले प्रस्ताव गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।


खबर सबै
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु






प्रतिक्रिया