

कपिलवस्तुबाट यसपटक ७६ जना हजयात्रामा जादै





कपिलवस्तु । यस वर्ष नेपालबाट हजयात्रामा जाने मुस्लिममा सबैभन्दा बढी बाँकेबाट हुने भएको नेपाल हज समितिले जनाएको छ ।नेपाल हज समितिका केन्द्रीय अध्यक्ष शमशेर मियाँले दिनुभएको जानकारीअनुसार यस वर्ष हजयात्राका लागि भिसा प्राप्त गर्ने मुस्लिममध्ये सबैभन्दा बढी बाँके जिल्लाका ८५ जना छन् ।
कोभिडका कारण गत दुई वर्ष नेपालबाट हजयात्राका लागि कोही पनि नपठाइएको जनाउँदै अध्यक्ष मियाँले यो वर्ष ५२१ जनालाई मात्र हज गर्नका लागि साउदी सरकारले अनुमति दिएको बताउनुभयो ।
हज समितिका अनुसार ती ५२१ हजयात्रीमध्ये बाँकेबाट सबैभन्दा धेरै ८५, सुनसरीबाट ७९, कपिलवस्तुबाट ७६, रुपन्देहीबाट ६१ र पर्साबाट २६ जना छन् । यसैगरी सुर्खेतबाट छ, बर्दिया र दाङबाट पाँच–पाँचजना हजयात्रामा जान पाउनेछन् ।
यसैगरी काठमाडौँ, सिराहा, सप्तरी, मोरङ, धनुषा, पूर्व र पश्चिम नवलपरासी, महोत्तरी, बारा, सर्लाही, गोरखा, झापा, दाङ, स्याङ्जा, अर्घाखाँची, पाल्पा, कास्की, तनहुँबाट पनि हजयात्रामा जानेहरू छन् । मुस्लिम बहुल क्षेत्र भएकाले बाँकेबाट हजयात्रामा जानेहरू सबैभन्दा बढी भएको समितिले जनाएको छ । देशभरिका हजयात्री पाँच चरणमा असार ६ गतेदेखि १० गतेसम्म मक्का मदिनाका लागि प्रस्थान गर्ने अध्यक्ष मियाँले बताउनुभयो ।
उहाँले यस पटक कोभिडका कारण साउदी सरकारले हजयात्रीका लागि विशेष व्यवस्था गरेको र कोभिड नियमको पालना गरेकाले हजयात्राका लागि लाग्ने हरेक शुल्कमा वृद्धि गरिएकाले हजयात्रा महँगो भएको बताउनुभयो ।
हज समितिले आफ्नोतर्फबाट गर्न सक्ने हवाई जहाजको टिकट भने गत वर्षभन्दा कममा लिएर हजयात्रीलाई सहुलियत दिएको जनाउँदै अध्यक्ष मियाँले तर साउदी सरकारले तोकेको शुल्कमा केही गर्न नसकिएको बताउनुभयो । यस वर्ष प्रतिहजयात्रीले चार लाख ६३ हजार रुपियाँ तिर्नुपरेको छ । दुई वर्ष पहिले तीन लाख रुपियाँभित्रै हजयात्रा हुने गरेको थियो ।


खबर सबै
-
सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गर्ने
-
नेपाली विदेश जाँदा नौ महिनामा बाहिरियो एक खर्ब ६५ अर्बभन्दा बढी रकम
-
स्ववियु खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
-
रास्वपाले तोक्यो वडा, पालिका र जिल्ला अधिवेशनको मिति, कसको कहिले ?
-
कपिलवस्तुबाट १७५ जना हज यात्रामा जाँदै, गिरयाे बिदाइ
-
कपिलवस्तुको ‘कोइलीचौर वन’ बन्यो अन्य जिल्लाका सामुदायिक वनका लागि ‘सिकाइ केन्द्र’
-
रास्वपाले तोक्यो वडा, पालिका र जिल्ला अधिवेशनको मिति, कसको कहिले ?
-
कपिलवस्तुबाट १७५ जना हज यात्रामा जाँदै, गिरयाे बिदाइ
-
कपिलवस्तुको ‘कोइलीचौर वन’ बन्यो अन्य जिल्लाका सामुदायिक वनका लागि ‘सिकाइ केन्द्र’
-
मुख्यमन्त्री विजयले के गरे पहिलो निर्णय ?
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन











प्रतिक्रिया