

तुलसीपुरमा २५ वर्षीया युवतीमाथि सामूहिक बलात्कार , दुई युवक पक्राउ, दुई जना अझै फरार



दाङ । दाङको तुलसीपुरमा २५ वर्षीया युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। यस घटनामा संलग्न दुई जना अझै फरार रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
बलात्कार आरोपमा प्रहरीले तुलसीपुर उपमहानगरपालिका(९ दोघरेका २४ वर्षीय शंकर विक र २३ वर्षीय कमल चौधरीलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका अनुसार दोघरेकै २० वर्षीय अर्जुन परियार र २२ वर्षीय अर्जुन परियार फरार छन्। उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।
तुलसीपुर उपमहनगरपालिका(५ की २५ वर्षीया ती युवतीमाथि असार २ गते राति ९ बजे बलात्कार भएको हो। पीडित युवतीको मनस्थिती सुस्त भएको प्रहरीले जनाएको छ।
उनलाई दोघरेस्थित एक निर्माणाधीन घरमा लगेर चार जनाले बलात्कार गरेको खुलेको हो।
पीडितलाई कमल चौधरी फकाएर लगेका थिए। उनले आफ्ना तीन जना साथीहरूलाई पनि बोलाएर बलात्कार गरेको प्रहरीले बताएको छ।
घटनापछि पीडित युवती घर फर्किएपछि घटनाबारे बाहिरिएको हो। आफन्तले उनीमाथि सामूहिक बलात्कार भएको भन्दै प्रहरीलाई जानकारी गराएका थिए।
परिवारले चार जना विरूद्ध इलाका प्रहरी कार्यालयमा पुगेर जाहेरी दिइसकेका छन्।
प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान अघि बढाएको छ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया