

विद्युत् कार्यालयलाई लालटिन उपहार



दाङ
अघोषित लोडशेडिङ हुन थालेकाे भन्दै नेपाली कांग्रेसले दाङमा विद्युत् कार्यालयलाई लालटिन उपहार दिएको छ । आज शुक्रवार नेपाली कांग्रेस घोराही उपमहानगर कमिटिको अगुवाइमा ध्यानाकर्षण पत्रसहित विद्युत् कार्यालयलाई लालटिन उपहार दिइएकाे हाे ।
प्रतिनिधिमण्डल गएर अघोषित लोडशेडिङलाई तत्काल समाधान गर्न दबाब दिने कार्यक्रमस्वरूप लालटिन उपहार दिइएको कांग्रेस क्षेत्रीय सभापति भीमप्रकाश खड्काले बताउनुभयो । कार्यालय पुगेकाे समूहले वितरण केन्द्रका प्रशासन प्रमुख डण्डपाणि विकलाई भेटेर समस्या राख्नुका साथै यथाशीघ्र समाधान गर्नसमेत आग्रह गरेको थियो ।
काङ्ग्रेस क्षेत्र नं. २ का सभापति खड्का, प्रदेश २ (क) का सभापति प्रकाश श्रेष्ठ, नगर सभापति तिलक रावत, उपसभापति दुर्लभ केसी, दाङ उद्योग वाणिज्य सङ्घका निवर्तमान उपाध्यक्ष वसन्त जोशी, नगर सदस्य किरण बोहरालगायतको टाेली कार्यालय पुगेकाे थियाे ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया