
विश्व बैंकद्वारा डिजिटल नेपाल परियोजनाका लागि १७ अर्ब रुपैयाँ स्वीकृत

काठमाडौं
विश्व बैंकले नेपाललाई ‘डिजिटल नेपाल एक्सेलेरेसन ९डीएनए० परियोजनाका लागि १४० मिलियन अर्थात् १७ अर्ब रुपैयाँ बराबरको आर्थिक सहयोग दिने भएको छ । बिहीबार एक कार्यक्रमकाबीच विश्व बैंकका कार्यकारी निर्देशकले उक्त परियोजनाका लागि आर्थिक सहयोग स्वीकृत गरेका हुन् ।
डीएनए परियोजनाले ब्रोडब्यान्डमा पहुँच विस्तार गर्नुका साथै वित्तीय पहुँचमा धेरैभन्दा धेरै जनसंख्यालाई जोड्न सकिने बताइएको छ । ‘डिजिटल रुपान्तरणलाई अँगाल्ने देशहरूले हरियो, लचिलो र समावेशी विकासमा उन्नती गर्नेछन्’ नेपालका लागि विश्व बैंकका कन्ट्री डाइरेक्टर फारिस हदाद–जेर्भोसले भनेका छन् ।
डिजिटल अर्थतन्त्रले मानिसहरू र व्यवसायहरूलाई सूचना, सेवा र बजारसँग जोड्न मद्दत पुग्ने विश्व बैंकको विश्वास छ । यो परियोजनाले देशको डिजिटल अर्थतन्त्र डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयनमा समेत सहयोग पुग्ने बैंकले बताएको छ ।
किफायती ब्रोडब्यान्ड सेवाहरूमार्फत विशेष गरी ग्रामीण क्षेत्रका मानिसहरू, व्यवसायमा जोडिएकाहरू र सुधार मार्फत डिजिटल सरकारी सेवाहरुको वितरणलाई समेत समर्थन र सुरक्षित गर्ने बताइएको छ । परियोजनाले नेपालको डाटा पूर्वाधार, साइबर सुरक्षाका साथै डिजिटल प्रविधिमा विशेष भूमिका खेल्नुका साथै यसबाट महिला, आदिवासी नजाती र सामाजिक अल्पसंख्याहरूको पहुँच विस्तार गरिने बताइएको छ भने परियोजनाले कम्तिमा एक हजार ५०० व्यक्तिका लागि डिजिटल प्रयोगका बारेमा राम्रो तालिम प्रदान गर्ने जनाएको छ ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया