

परराष्ट्रमन्त्रीले एसपीपी नकोट्याउँ भन्न मिल्दैन, छानबिन समिति गठन गरौं : भीम रावल



काठमाडौं
नेकपा एमालेका नेता भीम रावलले परराष्ट्रमन्त्रीले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)लाई नकोट्याउन गरेको आग्रहको विरोध गरेका छन् ।
शुक्रबार अन्तर्राष्ट्रिय समितिको बैठकमा सांसद रावलले परराष्ट्रमन्त्री नारायण खड्काले एसपीपीको विषय नकोट्याउँ भन्न नमिल्ने बताएका हुन् ।
उनले भने, ‘परराष्ट्रमन्त्रीले एसपीपी नकोट्याउँ भन्नुभएको छ, त्यस्तो भन्न मिल्दैन । यससम्बन्धी विस्तृत रुपमा जानकारी दिनु पदीय र कानुनी दायित्व हो, संसदीय समितिमा यो कुरा स्पष्ट राख्नुपर्छ ।’
उनले कुन मन्त्रीका पालामा एसपीपीको कुरा अघि बढेको हो त्यसको अध्ययनका लागि छानबिन समिति गठन गर्न माग पनि गरे ।
उनले भने, ‘कसको पालामा आएको हो ? को मन्त्रीको पालामा भन्ने हाम्रो जिज्ञासा छ भने छानबिन कमिटी गठन गरौं। नेपाली सेनासँग के छ, रक्षा मन्त्रालयमा के छ, सम्पूर्ण कागजको अध्ययन गरौं । ती व्यक्तिले राष्ट्रिय हित विपरीत कार्य गरेको छ भने जनताको कठघरामा उभ्याऔं ।’


खबर सबै
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु






प्रतिक्रिया