

एमसीसी र एसपीपी दुवै परियोजना ओली नेतृत्वको सरकारले ल्याएको हो : प्रचण्ड



चितवन
सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) खारेज हुने बताएका छन् ।
गृह जिल्ला चितवनमा आज (शुक्रबार) पत्रकारहरुसँग कुराकानी गर्दै उनले यो कार्यक्रममा सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) जस्तो नभएको पनि बताए । उनले एमसीसीलाई संघीय संसदले १२ बुँद व्याख्यात्मक घोषणा गरेर जारी गरे जसरी पास नगरिने पनि जिकिर गरेका छन् ।
प्रचण्डले एमसीसी र एसपीपी दुवै नेकपा एमालेका अध्यक्ष केपी ओलीको करामत भन्दै दोष थोपरिदिए । ‘एमसीसी र एसपीपी दुवै परियोजना पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारले ल्याएको हो’, उनले भने, ‘ओली सरकारको समयमा यी आएका हुन्, दुवैमा ओलीको करामतले सम्या भएको हो ।’
‘एमसीसी १२ बुँदा घोषणासहित पास गर्यौं । तर एसपीपीमा कुनै १२ बुँदा हुनेवाला छैन’, उनले भने, ‘यो खारेज हुन्छ ।’ उनले अहिलेको सत्ता गठबन्धन फेरबदल नहुने पनि बताए ।


खबर सबै
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु






प्रतिक्रिया