

किन जान्छ, रातिमा झ्याप–झ्याप विजुली ? यस्तो भन्छन कर्मचारी





ई–साझाकुरा, कपिलवस्तु । चर्काे गर्मीका बिच कपिलवस्तुमा रातिको समयमा होस वा दिनमा पटक पटक झ्याप् झ्याप काटिने विद्युतका कारण नागरिकले सास्ति खेपिरहेका छन् । यो समयमा अत्याधिक विद्युत खपत हुने समय पनि हो । तर देश यतिबेला विद्युतमा अत्मनिर्भर बनेको छ । उत्पादित विजुली देशभा खपत पुरा भएपछि बचेको विद्युत भारतमा निर्यात समेत भइरहेको छ । यस्तो अवस्थामा पनि पटक पटक विद्युत काटीदा भने नागरिकले गर्मीका बेला सास्ती खेपिरहेका छन् ।
यस्तो भन्छ बाणगंगाको जितपुर स्टेशन
कपिलवस्तुको बाणगंगा नगरपालिका स्थित चार नम्बर विद्युत ग्रिडले यहाँबाट समस्या नभई माथिबाटै देखिएको समस्या भएको दाबी गरेको छ । कार्यालय प्रमूख ओमविक्रम थापाका अनुसार बाणगंगामा देखिएको समस्या आफुले महशुस गरेको भन्दै यो समस्या यहाँबाट नभएको बताएका छन् । उनले भने, माथिबाटै काटिएको हो । मोतिपुरको सेटिङमा पनि केही समस्या भएको छ । हामीले काटेका होइनौ ।
कालिगण्डकी डाइभर्सनबाट उत्पादित विद्युत बुटवल ग्रिड हुँदै मोतिपुरबाट बाणगंगामा वितरण गरिएको छ भने यही विद्युत कपिलवस्तुमा पनि वितरण गरिएको छ । केही महिना अघि उर्जा मन्त्रीकै उपस्थितिमा धुमधामका साथ उद्घाटन गरिएको मोतिपुर स्टेशन पूर्ण रुपमा अझै नेपाल विद्युत प्राधिकरण मातहत नआएको पनि थापाले बताए । यो स्टेशन अहिले पनि बाइवा कन्ट्रक्सनले हेरिरहेको छ ।
हाइड्रो पावरको समस्या भन्छ, मोतिपुर ग्रिड
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ७ मोतिपरमा रहेको विद्युत ग्रिडले बेला बेलामा जाने विद्युत समस्या आफ्नो नभएको दाबी गरेको छ । ग्रीडका कन्ट्रा्लर गणेश थारुले दिएको जानकारी अनुसार विद्युत उत्पादन हुने हाइड्रोपावरमा बेला बेलामा समस्या हुने बताए । उनले हाइड्रोपावरबाट जेनेरेसन भएर आउने विद्युतमा समस्या भएमा बेला बेलामा विद्युत जाने बताउँछन् । यस्तै कहीले काहीँ फिडरमा समेत समस्या हुने र सिस्टमको समस्या हुने भन्दै आफुहरुबाट नकाटिएको बताए । कहिलेकाही फिडरमा समस्या आउँदा यस्तो हुन्छ, कुनै बेला सिस्टममा आउँछ । उनले भने ।
कालिगण्डकीको उत्पादित विद्युत प्रशारण लाइनमार्फत रुपन्देहीको विद्युत ग्रिड हुँदै कालिगंडकीको उत्पादन बुटवल ग्रिड हुँदै कपिलवस्तुको मोतिपुर ग्रिडमा आउँछ । मोतिपुरबाट कपिलवस्तुका विभिन्न स्टेशनलाई दिएको छ । हावाहुरी र वर्षाको समयमा यहीँबाट विद्युत काटिएको भए पनि अन्य सामान्य समयमा माथिकै समस्याले विद्युतमा समस्या हुने कर्मचारी बताउँछन् ।
यो पनि पढ्नुहोस्


खबर सबै
-
सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गर्ने
-
नेपाली विदेश जाँदा नौ महिनामा बाहिरियो एक खर्ब ६५ अर्बभन्दा बढी रकम
-
स्ववियु खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
-
रास्वपाले तोक्यो वडा, पालिका र जिल्ला अधिवेशनको मिति, कसको कहिले ?
-
कपिलवस्तुबाट १७५ जना हज यात्रामा जाँदै, गिरयाे बिदाइ
-
कपिलवस्तुको ‘कोइलीचौर वन’ बन्यो अन्य जिल्लाका सामुदायिक वनका लागि ‘सिकाइ केन्द्र’
-
रास्वपाले तोक्यो वडा, पालिका र जिल्ला अधिवेशनको मिति, कसको कहिले ?
-
कपिलवस्तुबाट १७५ जना हज यात्रामा जाँदै, गिरयाे बिदाइ
-
कपिलवस्तुको ‘कोइलीचौर वन’ बन्यो अन्य जिल्लाका सामुदायिक वनका लागि ‘सिकाइ केन्द्र’
-
मुख्यमन्त्री विजयले के गरे पहिलो निर्णय ?
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन











प्रतिक्रिया