

किन पुर्वमै सिमित रहयो मनसुनी वायु



काठमाण्डौ । सामान्यतया नेपालमा मनसुन प्रवेश गरेको एक साताभित्र देशभर फैलिएर बर्खा लागिसक्छ । तर, यो वर्ष औसतभन्दा नौ दिनअघि नै पूर्वी नेपालबाट मनसुन भित्रिए पनि गण्डकी प्रदेशभन्दा पश्चिममा विस्तार हुन सकेको छैन । बरु पश्चिम तराईमा दिल्लीको तातो हावाको प्रभावसँगै तापक्रम बढ्दा जनजीवन प्रभावित बनेको छ ।
‘मनसुन औसतभन्दा अगाडि नै प्रवेश गरे पनि कमजोर अवस्थामा थियो, एक साता पूर्वी भेगमै केन्द्रित रह्यो,’ मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले भने, ‘पछिल्ला दिनमा मनसुन केही सक्रिय बनेको छ । तर, पश्चिम नेपालमा पश्चिमी वायु कायमै छ, त्यहाँ पुग्न सकेको छैन ।’
उनका अनुसार पश्चिमी वायुलाई मनसुनी वायुले विस्थापित गर्नुपर्छ, त्यसपछि मात्र ती क्षेत्रमा मनसुनी वर्षा हुन्छ । तर, सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा पश्चिमी वायु कायमै छ । पश्चिमी वायुका कारण पहाडी क्षेत्रमा हल्का वर्षा हुने गरे पनि तराईमा तापक्रम पनि बढेको छ ।
तर, अब तीन–चार दिनभित्र मनसुन देशभर फैलने अनुमान महाशाखाले गरेको छ । ‘सधैँ एकनासको हुँदैन, गत वर्ष मनसुन प्रवेश गरेसँगै देशभर वर्षा भएको थियो, यो वर्ष फैलन सकेको छैन,’ उनले भने, ‘सुदूरपश्चिमका तराई क्षेत्रमा शनिबारदेखि बदली हुन सक्छ ।’ हाल ती क्षेत्रमा पश्चिमीसँगै केही क्षेत्रमा स्थानीय वायुको प्रभाव छ । देशभर मनसुन सक्रिय भएपछि महाशाखाले वर्षासम्बन्धी विशेष बुलेटिन जारी गर्ने तयारी गरेको छ ।
महाशाखाले आगामी २४ घन्टामा प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशका केही र लुम्बिनीका थोरै स्थानमा वर्षा हुन सक्ने आकलन गरेको छ । अन्य प्रदेशमा भने पहाडी भूभागका एक–दुई स्थानमा मात्र वर्षाको सम्भावना छ । बर्खाका चार महिनामा नेपालमा औसत १५ सय मिलिमिटर पानी पर्छ, जुन वार्षिक वर्षाको ८०।५ प्रतिशत हो ।
बिहीबार धनगढीको अधिकतम तापक्रम ३८।५ डिग्री सेल्सियस रह्यो भने न्यूनतम तापक्रम २६।२ डिग्री थियो । त्यसपछि नेपालगन्जको तापक्रम क्रमशः अधिकतम र न्यूनतम ३८।४ र २३।८ डिग्री थियो ।ती क्षेत्रमा अधिकतम तापक्रम पनि घटेको छैन । न्यूनतम र अधिकतम तापक्रमको ग्याप कम छ, जसकारण बिहानैदेखि गर्मी महसुस हुने गरेको छ । मौसमविद् पौडेलका अनुसार पश्चिम तराईमा अधिकतम तापक्रम नघट्नुको मुख्य कारण मनसुनी गतिविधि सुरु नहुनु हो । नयाँ पत्रिकामा समाचार छ ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया