

व्यापारीका प्रतिनिधि राखेर, कमिसन खाएर बजेट बनाइयो : ओली





काठमाण्डौ
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यापारिका प्रतिनिधि राखेर कमिसन लिइ बजेट बनाएको आरोप लगाउनुभएको छ ।
आज बिहीवार काठमाण्डौमा आयाेजित पालिका चुनावमा निर्वाचित पार्टीका जनप्रतिनिधिहरूको प्रशिक्षण कार्यक्रमलाई उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष ओलीले बजेट बनाउँदा अनधिकृत व्यक्तिहरू राखेको, व्यापारीका प्रतिनिधि राखेर करका दर सेटिङमा राखेको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘विश्वमा कतै नसुनेको, बजेट बनाउँदा बाहिरका अनधिकृत मान्छेहरू राखेर बजेट बनाइन्छ । दुनियाँमा कतै कल्पना गरिँदैन । बजेट अर्थमन्त्री, अर्थसचिव, राजश्व सचिव, आदिले तयार गर्छन् । त्यस ठाउँमा त्यस्ता मान्छेहरू बाहेक अरू नै प्रकारका मान्छेहरू अनधिकृत मान्छे ल्याएर करका दर सेटिङमा तोकिन्छ । व्यापारीसँग सेटिङ मिलाएर करका दर तोकिन्छ । कमिसन खाएर करका दर तोकिन्छ । यो त पञ्चायत कालमा पनि हुँदैन थियो ।’
अध्यक्ष ओलीले पार्टीका उपाध्यक्ष घनश्याम भुसालप्रति लक्षित गर्दै कतिपय व्यक्तिहरू पार्टीले दिएको ओहोदा, सुविधाहरू उपभोग गरेर पार्टीकै अपमान, बेइज्ज्त गरिरहेका बताउनुभयो । केही समयअघि उपाध्यक्ष भुसालले नेकपा एमाले पराजित हुनुको कारण पार्टी अध्यक्ष ओलीको कमजोरी र घमण्ड भएको प्रतिक्रिया दिनुभएको थियो । त्यसको प्रत्युत्तरमा अध्यक्ष ओलीले पार्टीले दिएको हैसियतमा पार्टीको विरोध र पार्टी नेतृत्वलाई बदनाम गर्न तथा विस्थापित र धाँदली गर्न लागिपरेको बताउनुभयो ।
अध्यक्ष ओलीले एमसीसी पास भएपछि गठबन्धन सरकारले मौका छोपेर बाह्य सेना उपस्थित गराउने किसिमका गतिविधि गरिरहेको भन्दै नेकपा एमालेले त्यस्ता गतिविधि विरुद्धमा अगुवाइ गरिरहेको बताउनुभयो । उहाँले देशहितविरुद्धमा कुनै काम नहोस् भन्ने कुरामा पार्टी सजग रहेको भन्दै आउँदो प्रदेश र प्रतिनिधि सभाको चुनावको तयारीमा लाग्न पनि निर्देशन दिनुभयो ।
अध्यक्ष ओलीले नाम हाईहाई हुने गरी र आलोचना सुन्ने नगरि काम गर्न पनि पालिकाका जनप्रतिनिधिहरूलाई निर्देशन दिनुभयो ।


खबर सबै
-
सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गर्ने
-
नेपाली विदेश जाँदा नौ महिनामा बाहिरियो एक खर्ब ६५ अर्बभन्दा बढी रकम
-
स्ववियु खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
-
रास्वपाले तोक्यो वडा, पालिका र जिल्ला अधिवेशनको मिति, कसको कहिले ?
-
कपिलवस्तुबाट १७५ जना हज यात्रामा जाँदै, गिरयाे बिदाइ
-
कपिलवस्तुको ‘कोइलीचौर वन’ बन्यो अन्य जिल्लाका सामुदायिक वनका लागि ‘सिकाइ केन्द्र’
-
रास्वपाले तोक्यो वडा, पालिका र जिल्ला अधिवेशनको मिति, कसको कहिले ?
-
कपिलवस्तुबाट १७५ जना हज यात्रामा जाँदै, गिरयाे बिदाइ
-
कपिलवस्तुको ‘कोइलीचौर वन’ बन्यो अन्य जिल्लाका सामुदायिक वनका लागि ‘सिकाइ केन्द्र’
-
मुख्यमन्त्री विजयले के गरे पहिलो निर्णय ?
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन











प्रतिक्रिया