

आज यी क्षेत्रमा वर्षाको सम्भावना





काठमाडौँ . आज मुलुकका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना छ । बिहान प्रदेश १, मधेश, बागमती र गण्डकीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
दिउँसो प्रदेश १, बागमती र गण्डकीका केही स्थान तथा मधेश र कर्णाली प्रदेशलगायत लुम्बिनी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मंगलबार प्रदेश १ का धेरै, मधेश, बागमती र गण्डकीका केही स्थानमा वर्षाको आँकलन गरिएको छ भने बाँकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा पनि वर्षा हुनेछ ।
बुधबार प्रदेश १, मधेश, बागमती र गण्डकीका केही तथा बाँकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा वर्षाको सम्भावना रहेको छ। राति प्रदेश १ का एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
महाशाखाका अनुसार हाल प्रदेश १, मधेश, बागमती र गण्डकीमा मनसुनी वायुको सामान्य प्रभाव छ । अन्य प्रदेशमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्वपश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ ।


खबर सबै
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै











प्रतिक्रिया