

हाइटेन्सनको ‘महाटेन्सन’ : ओर्लिएर मासुभात पोको पारेर चढ्दा कसैले सकेनन् समाउन





काठमाडौं
नुवाकोटको ककनी गाउँपालिका ७ मा मानसिक सन्तुलन ठीक नभएका एक व्यक्तिले स्थानीय सरकार, प्रशासन र विद्युत प्राधिकरणलाई अचम्मको तनाब दिएका छन्।
विहान १० बजेतिर सरासर विजुलीको टावर चढेको देखेपछि स्थानीयले हल्लाखल्ला गरे। विद्युत प्राधिकरणमा खबर गरे। झण्डै ७० मेगावाट बिजुली प्रशारण भइरहेको प्रशारण लाइन अवरुद्ध गरियो। टावर चढेका ती व्यक्ति तारका लठ्ठामा समातेर हिँडिरहे।
प्रहरी र स्थानीयले तल बोलाउँदा ओर्लन मानेनन्। कसैले चढ्ने आँट पनि गरेनन्। उनलाई फकाएर मासुभात दिने भन्दै स्थानीयले तल झर्न भने।
‘वरिपरि मान्छे देखेपछि झरेन भनेर प्रहरी र स्थानीय अलि साइड लागेर मासुभात टावर तल लगेर राखिदिएछन्’, नुवाकोटका सिडिओ नारायणप्रसाद रिसालले भने, तल झर्नेबित्तिकै समात्न जाँदा लुगामा मासुभात पोको पारेर फेरि माथि चढेछ, समाउनै भ्याइएनछ।’
अहिले पनि प्रहरी र स्थानीयबासीले मासुभातको प्रलोभन दिइरहेका छन्। तर ति व्यक्ति न तल झरेका छन् न उसलाई ओराल्न सकिएको छ। झण्डै ७ घण्टादेखि प्रशारण लाइन अवरुद्ध छ जसका कारण विद्युत प्राधिकरणलाई ७० लाख रुपैयाँभन्दा बढी घाटा भइसकेको छ।
‘घण्टाको १० लाख घाटा छ, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने, एउटा मान्छेका कारण विद्युत प्रणाली नै अवरुद्ध हुन पुगेको छ।’
- थाहा खबरबाट साभार


खबर सबै
-
सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गर्ने
-
नेपाली विदेश जाँदा नौ महिनामा बाहिरियो एक खर्ब ६५ अर्बभन्दा बढी रकम
-
स्ववियु खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
-
रास्वपाले तोक्यो वडा, पालिका र जिल्ला अधिवेशनको मिति, कसको कहिले ?
-
कपिलवस्तुबाट १७५ जना हज यात्रामा जाँदै, गिरयाे बिदाइ
-
कपिलवस्तुको ‘कोइलीचौर वन’ बन्यो अन्य जिल्लाका सामुदायिक वनका लागि ‘सिकाइ केन्द्र’
-
रास्वपाले तोक्यो वडा, पालिका र जिल्ला अधिवेशनको मिति, कसको कहिले ?
-
कपिलवस्तुबाट १७५ जना हज यात्रामा जाँदै, गिरयाे बिदाइ
-
कपिलवस्तुको ‘कोइलीचौर वन’ बन्यो अन्य जिल्लाका सामुदायिक वनका लागि ‘सिकाइ केन्द्र’
-
मुख्यमन्त्री विजयले के गरे पहिलो निर्णय ?
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन











प्रतिक्रिया