

तारमा पुगेका मान्छे उद्धार गर्न ऊर्जामन्त्रीद्वारा सेनालाई निर्देशन, हेलिकप्टरको प्रयोग गर्न सुझाव





काठमाण्डाै – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नुवाकोटको ककनी गाउँपालिका–७ मा विद्युत् प्रसारण लाइनको तारमा पुगेका व्यक्तिको उद्धार गर्न नेपाली सेनालाई निर्देशन दिनुभएको छ ।
एकजना मानसिक सन्तुलन गुमाएका व्यक्ति प्रसारण लाइनको तारमा पुगेपछि बिहानदेखि ६० मेगावाटको त्रिशूली थ्री ‘ए’ सहित अरु पाँच मेगावाट गरी ६५ मेगावाट बिजुलीको उत्पादन रोकिएको छ । ऊर्जामन्त्री भुसालले हेलिकप्टरको प्रयोग गर्न पनि सुझाव दिनुभएको छ ।
भुसालले ट्विटरमा भन्नुभएको, ‘नुवाकोटमा त्रिशूली ‘थ्री ए’ को प्रसारण लाइनमा रहेका व्यक्तिको उद्धार गर्न मैले नेपाली सेनालाई आग्रह गरेको छु । विद्युत् लाइनको जोखिमलाई ध्यान दिएर हेलिकप्टरबाट भए पनि उद्धार गरौँ । उद्धारमा साथ दिन सम्बन्धित सबैलाई आग्रह गर्दछु।’


खबर सबै
-
सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गर्ने
-
नेपाली विदेश जाँदा नौ महिनामा बाहिरियो एक खर्ब ६५ अर्बभन्दा बढी रकम
-
स्ववियु खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
-
रास्वपाले तोक्यो वडा, पालिका र जिल्ला अधिवेशनको मिति, कसको कहिले ?
-
कपिलवस्तुबाट १७५ जना हज यात्रामा जाँदै, गिरयाे बिदाइ
-
कपिलवस्तुको ‘कोइलीचौर वन’ बन्यो अन्य जिल्लाका सामुदायिक वनका लागि ‘सिकाइ केन्द्र’
-
रास्वपाले तोक्यो वडा, पालिका र जिल्ला अधिवेशनको मिति, कसको कहिले ?
-
कपिलवस्तुबाट १७५ जना हज यात्रामा जाँदै, गिरयाे बिदाइ
-
कपिलवस्तुको ‘कोइलीचौर वन’ बन्यो अन्य जिल्लाका सामुदायिक वनका लागि ‘सिकाइ केन्द्र’
-
मुख्यमन्त्री विजयले के गरे पहिलो निर्णय ?
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन











प्रतिक्रिया