

तारमा झुन्डिएको मानिस निकाल्ने साधनस्राेत छैन : नुवाकोट प्रहरी





काठमाण्डौ – नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर ७ मा रहेको विद्युत् प्रसारण लाइनको तारमा एक जना मानिस हिँडिरहेकोले ६० मेगावाट क्षमताको त्रिशूली थ्री ुएु जलविद्युत् आयोजनाबाट उत्पादन बन्द भएको छ ।
बिहान १० बजेदेखि प्रहरी र स्थानीयवासीले तल झर्न अनुरोध गर्दा पनि प्रसारण लाइनको तारमा पुगेका मानिस तल झरेका छैनन् । ती व्यक्तिलाई तल झर्न अनुरोध गर्नेभन्दा बाहेक आफूहरुसँग अरु उपाय नभएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
आफूहरुसँग तारमा रहेको मानिसलाई तल झार्ने प्रविधि नरहेको र पोलमा चढेर ती व्यक्तिलाई पक्राउ गर्न सक्ने तालिम प्राप्त जनशक्ति पनि नभएकोले अहिले पर्खेर बस्नुको विकल्प नभएको प्रहरीले जनाएको छ ।
प्रसारण लाइनमा चढेका व्यक्तिलाई झार्न विद्युत् प्राधिकरणले केही उपाय गरेमात्रै नत्र ती व्यक्ति आफैँ तल नझरुञ्जेल अरु उपाय नभएकोले ती व्यक्तिलाई अनुरोध मात्रै गरिरहेको प्रहरीको भनाइ छ।


खबर सबै
-
सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गर्ने
-
नेपाली विदेश जाँदा नौ महिनामा बाहिरियो एक खर्ब ६५ अर्बभन्दा बढी रकम
-
स्ववियु खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
-
रास्वपाले तोक्यो वडा, पालिका र जिल्ला अधिवेशनको मिति, कसको कहिले ?
-
कपिलवस्तुबाट १७५ जना हज यात्रामा जाँदै, गिरयाे बिदाइ
-
कपिलवस्तुको ‘कोइलीचौर वन’ बन्यो अन्य जिल्लाका सामुदायिक वनका लागि ‘सिकाइ केन्द्र’
-
रास्वपाले तोक्यो वडा, पालिका र जिल्ला अधिवेशनको मिति, कसको कहिले ?
-
कपिलवस्तुबाट १७५ जना हज यात्रामा जाँदै, गिरयाे बिदाइ
-
कपिलवस्तुको ‘कोइलीचौर वन’ बन्यो अन्य जिल्लाका सामुदायिक वनका लागि ‘सिकाइ केन्द्र’
-
मुख्यमन्त्री विजयले के गरे पहिलो निर्णय ?
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन











प्रतिक्रिया