

मानिसहरु किन देब्रे हातले लेख्छन् ? यस्तो छ वैज्ञानिक कारण



यो प्रश्न अब झन् ठूलो पहेली बनेको छ जसबारे अहिलेसम्म भएका वैज्ञानिक खोजहरुले ठोस उत्तर पाएका छैनन् ।
तर, अब बेलायती वैज्ञानिकहरुले आफ्नो शोधमा पाएका छन् कि यसका लागि मानिसको जीन नै जिम्मेवार छ ।
मानिसहरुको डिएनएमा एउटा जीन रहेको हुन्छ जसले मानिसहरुलाई देब्रे हातले लेख्ने बनाउँछ । यसले मानिसको मस्तिष्कको बनावट तथा उसले काम गर्ने तरिका एवं भाषाको क्षमतामा विभिन्न असर पुर्याउँछ ।
अक्सफोर्ड विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार यही कारणले जो मानिसहरु देब्रे हातले काम गर्छन् वा लेख्छन्, उनीहरु आफ्नो बोलाइ तथा अन्य विषयमा पनि अझ राम्रो पर्फमेन्स गर्न सक्छन् ।
तर, अझै पनि कतिपय प्रश्नहरुको जवाफ आउनै बाँकी छ । यसमा सबैभन्दा ठूलो प्रश्न यो हो कि देब्रे हात वा दाहिने हात जुन बढी प्रयोग भए पनि त्यसले मस्तिष्कको विकासमा कस्तो सम्बन्ध राख्छ ?
विश्वमा दशजनामा एकजनाले आफ्नो देब्रे हात प्रयोग गरेर काम गर्ने बताइएको हुन्छ ।
अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा पनि देब्रे हातले लेख्थे ।बेलायतमा गरिएको यो शोधमा चार लाख मानिसहरुलाई सम्मिलित गराइएको थियो । यीमध्ये ३८ हजारमात्रै लेफ्ट ह्यान्डेड अर्थात् देब्रे हात प्रयोग गर्नेहरु थिए । यसबाट वैज्ञानिकहरुले कुन व्यक्तिले कुन हातले काम गर्छ भन्ने कुरा जीनमा आधारित हुने बताएका छन् ।
यो शोधले मानिस देब्रे हात प्रयोगकर्ता हुनुमा कोशिकाको भित्री संरचनालाई बनाउने साइटोस्केलेटनसँग जोडिएको हुने बताएको छ । देब्रे हात बढी प्रयोग गर्नेहरुको मस्तिष्कको दाहिने तथा बायाँ हिस्सा दुवै राम्रोसँग काम गर्ने भएकाले देब्रे हात प्रयोग गर्नेहरुको भाषा राम्रो हुने बताइएको छ ।
सँगसँगै देब्रे हात प्रयोग गर्नेहरु स्किजोफ्रेनियासँग जोडिएको हुने वा ग्रसित हुने पनि बताइएको छ । एजेन्सीकाे सहयाेगमा फरकधारबाट ।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया