

कपिलवस्तुको बाणगंगामा मानव अधिकार समुहको नेतृत्व इन्दिरा पन्तलाई





कपिलवस्तु । मानव अधिकार समुह, बाणगंगाको अध्यक्षमा इन्दिरा पन्त चयन भएकी छन् । आज पिस हिमालय रिसोर्ट,झुंगामा भएको समुहको तेस्रो अधिवेशनबाट पन्त अध्यक्षमा सर्व सहमत चयन भएकी हुन् ।
जसको उपाध्यक्षमा देवकला सुवेदी कमाल, सचिवमा मधु पाण्डेय, सह सचिवमा रुपादेवी राई, कोषाध्यक्षमा थानेश्वर अधिकारी र सदस्यहरुमा मोहन बेल्वासे, जयराज खनाल, यमुना पन्थी, दिलमाया थापा, गीता शर्मा, दिना पाण्डे, मञ्जु भुसाल, चिन्तामणी भुसाल रहेका छन् ।
अधिवेशनबाट रोमकान्त घिमिरेको संयोजकत्वमा ४ सदस्सिय सल्लाहकार समिति चयन गरिएको छ जसको सदस्यमा इन्दिरा भट्टराई,चेतना अधिकारी, रुपा पालुङ्गे मगर रहेकी छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले प्रवद्र्धन गरेको सो समुहले शिक्षा, स्वास्थ्य, खाद्य र आवासको बिषयमा वकालत गर्ने काम गरिरहेको छ । सो अधिवेशमा बोल्दै समुहका संस्थापक अध्यक्ष रोमकान्त घिमिरेले समुहले मानव अधिकारको संरक्षण र प्रवद्र्धन गर्ने कायम गरिरहेको बताएका छन् ।
संविधानले व्यवस्था गरेको मौलिक हक प्राप्त गर्ने नागरिकको अधिकार र प्रदान गर्ने राज्यको दायित्व भएकाले सो को बिषयमा वकालत गरी मानव अधिकारको बिषयलाई सशक्त रुपमा अगाढी बढाउनु पर्ने बताएका छन् । कार्यक्रममा बोल्दै समुहकी निवर्तमान अध्यक्ष इन्दिरा भट्टराईले आफ्नो कार्यकालमा स्थानिय तह र सरोकारवालासँग समन्वय र सहकार्य गर्दे आएकोले आगामी दिनमा पनी मानव अधिकारका बिषयमा निरन्तर रुपमा लाग्नु पर्ने बताएकी छन् ।
कार्यक्रममा इन्सेक सहजकर्ता पार्वती आचार्यले समुहले गरेका कामको प्रशंसा गर्दे अधिकारका बिषयमा समुह समुहले उठान गरेका अधिकांस बिषयहरुलाई सम्बन्धित निकायले संवोधन गर्दे आएको बताएकी छन् ।कार्यक्रममा सचिव मधु पाण्डेद्धारा प्रस्तुत बार्षिक प्रगती प्रतिवेदन सर्बसहमतीबाट पारित गरिएको छ ।
कार्यक्रम समुहकी अध्यक्ष इन्दिरा पन्तको अध्यक्षता , संस्थापक अध्यक्ष रोमकान्त घिमिरेको प्रमुख आथित्यता, संस्थापक सचिव चेतना अधिकारी, इन्सेक सहजकर्ता पार्वती आचार्यको आथित्यतामा सम्पन्न कार्यक्रमको संचालन सचिव मधु पाण्डेले गरेका थिए ।


खबर सबै
-
सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गर्ने
-
नेपाली विदेश जाँदा नौ महिनामा बाहिरियो एक खर्ब ६५ अर्बभन्दा बढी रकम
-
स्ववियु खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
-
रास्वपाले तोक्यो वडा, पालिका र जिल्ला अधिवेशनको मिति, कसको कहिले ?
-
कपिलवस्तुबाट १७५ जना हज यात्रामा जाँदै, गिरयाे बिदाइ
-
कपिलवस्तुको ‘कोइलीचौर वन’ बन्यो अन्य जिल्लाका सामुदायिक वनका लागि ‘सिकाइ केन्द्र’
-
रास्वपाले तोक्यो वडा, पालिका र जिल्ला अधिवेशनको मिति, कसको कहिले ?
-
कपिलवस्तुबाट १७५ जना हज यात्रामा जाँदै, गिरयाे बिदाइ
-
कपिलवस्तुको ‘कोइलीचौर वन’ बन्यो अन्य जिल्लाका सामुदायिक वनका लागि ‘सिकाइ केन्द्र’
-
मुख्यमन्त्री विजयले के गरे पहिलो निर्णय ?
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन











प्रतिक्रिया