

जिसस कपिलवस्तुका लागि दुई प्यानल चुनावी मैदानमा, को को छन् उम्मेद्धार ?



कपिलवस्तु । कपिलवस्तुको जिल्ला समन्वय समिति निर्वाचनमा नेपाली काँग्रेस र नेकपा एमालेले अन्य दलहरूको साथ लिएर छुट्टाछुट्टै प्यानल तयार गरेका छन् । निर्वाचनमा यी दुईको प्यानलबीच नै कडा प्रतिस्पर्धा हुने भएको छ । काँग्रेसले जनता समाजवादी पार्टी नेपाल र नेकपा माओवादी केन्द्रलाई साथमा लिएको छ भने एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र लोकतान्त्रिक समाजवादी पार्टीसँग चुनावी तालमेल गरेको छ ।
१० स्थानीय तह रहेको कपिलबस्तुमा जिसस चुनावका लागि २० मत छ । पालिकाका प्रमुख र उपप्रमुख यसका मतदाता रहने प्रावधान अनुसार काँग्रेस गठबन्धनसँग ११ मत छ भने एमाले गठबन्धनमा ९ मत रहेको छ ।
काँग्रेस गठबन्धनबाट प्रमुखमा काँग्रेसका ज्ञान बहादुर कार्की र उप प्रमुखमा जसपाका वीरेन्द्र प्रताप गडेरिया उम्मेदवार छन् । सदस्यहरूमा काँग्रेसबाट तीन जना र माओवादी २ जसपाबाट दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
काँग्रेसका मनोहर धुनिया, सुनिता चमार, ताहिरा खातुन, माओवादीबाट सदस्यहरूमा मीना हरिजन, राजेन्द्र कुमार कुर्मी उम्मेदवार रहेका हुन् । यस्तै जसपाबाट सदस्यमा रामु अहिर र सन्ध्या पौडेल उम्मेदवार रहेका छन् ।
एमाले गठबन्धनबाट प्रमुखमा एमालेका बाबुराम आचार्य र उप प्रमुखमा लोसपाका रमेश कुर्मी उम्मेदवार छन् । यस्तै सदस्यहरूमा एमालेबाट सुमित्रा दमै, शकुन्तला भण्डारी, कमला पौडेल, यार महोम्मद उम्मेदवार छन् ।
राप्रपाबाट सदस्यमा राहुल हलुवाई, इन्द्रावती पासी र लोसपाबाट सदस्यमा राजु कलवारले उम्मेदवारी दिएका छन् ।


खबर सबै
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु






प्रतिक्रिया