

रुपन्देही बस दुर्घटना अपडेट : ५ को पहिचान खुल्यो, एक भारतीय पनि भएको पुष्टि



रुपन्देही
जिल्लाको रोहिणी खोलामा बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेमध्ये ५ जनाको पहिचान खुलेको छ ।
जनकपुरबाट बुटवल आउँदै गरेको लु २ ख ३८४१ नम्बरको बस भैरहवा–परसी हुलाकी सडक खण्डमा दुर्घटनामा परेको थियो ।
उक्त दुर्घटनामा मृत्यु हुने ९ मध्ये ५ जनाको पहिचान खुलेको हो । भैरहवास्थित युनिभर्सल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु हुने ५ जनामा ३ जनाको सनाखत भएको प्रहरीले बताएको छ ।
त्यस्तै भीम अस्पतालमा मृत्यु भएका २ जनाको सनाखत भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेहरुमा बुटवल योगीकुटीका ५६ वर्षीय विष्णु पौडेल, रौतहट जिल्लाका २० वर्षीय दिनेश दास र बुटवल ११ कालिकानगरका कृष्णप्रसाद बस्याल र रुपन्देहीको ओमसतिया–४ मटेरियाका राजेन्द्रप्रसाद पाण्डे रहेको खुलेको छ । त्यस्तै अर्का एक भारतीय नागरिक ४० वर्षीय अरविन्द शर्माको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया