कपिलवस्तुमा कांग्रेसका सासंद देखि वडा सम्मका २७ नेताहरु कार्वाहीको सूचीमा

कपिलवस्तु । नेपाली कांग्रेस शिवराजले स्थानीय तह निर्वाचनमा पार्टिलाई असहयोग गर्ने नेता तथा कार्यक्रताहरुलाई कारवार्हीको सिफारीस गरेको छ । पार्टिका आधिकारीक उम्मेदावरहरुलाई घात गरी पराजित बनाउनेहरुलाई कारवार्हीको सिफारीस गरिएको शिवराज नगर सभापति मधुसुदन पोखरेलले बताउनु भयो ।

कांग्रेसले पार्टिका पुर्व केन्द्रीय सदस्य एवम प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाह , महाधिवेशन प्रतिनिधिहरु गोमादेवी पाण्डे, कृष्ण प्रसाद पौडेल , वडा न १ का सभापति फानेश्वर न्यापाने , उपसभापति भुपेन्द्र विष्ट , क्रियाशिल सदस्य नारायण गिरी , अमृत भुसाल , मुक्ति पोखरेल , क्षेत्रीय प्रतिनिधिहरु ओम प्रकास जिंसी , नारायण भण्डारी , राम चरित्र मौर्य , लालमोहर प्रसाद चौधरी र सोभा कुर्मीलाई कारवार्हीको लागी सिफारीस गरेको छ ।
यस्तै प्रदेश निर्वाचन क्षेत्र न नम्बर ३ क सचिव प्रेमनारायण खनाल , वडा नं. ४ का सभापति सर्जु वानियां , क्रियाशिल सदस्य घनश्याम पौडेल , गौरी रैदाश , वडा नं. ८ सभापति उमेश पासी , क्षेत्र न ३ क सचिव मुलचन्द्र यादव , क्षेत्र न ख सचिव गोपाल मल्ल ठकुरी , प्रदेश प्रतिनिधि चन्द्रवहादुर कुवंर , वडा ११ सभापति राजकुमार चौधरी , क्षेत्र न ३ क उपसभापति दुखहरण यादव , क्षेत्रीय सदस्य ललई अहिर , र नगर सदस्य प्रभुदयाल कुर्मीलाई जिल्ला कार्यसमीती समक्ष कारवाहिको लागी सिफारीस गरेको नेपाली कांग्रेसले जनाएको छ ।

उनीहरुलाई कार्वाहीको शिफारिस गर्न कांग्रेसले पार्टीको निर्णय सहित जिल्ला कार्यसमितिलाई जानकारी गराएको हो । बैशाख ३० गतेको स्थानीय तह सदस्य निर्वाचनमा पार्टीका तर्फबाट उ्म्मेद्धार बनेका आधिकारीक उम्मेद्धारलाई विजयी बनाउन भुमिका खेल्नुपर्नेमा हराउने मनसायले निर्वाचनमा उत्रिएको भन्दै उनीहरुलाई कार्वाहीका लागि कांग्रेसले शिफारिस गरेको हो । २७ जनाको नामावली शिफारिस गरेको कांग्रेस शिवराज नगर समितिले उनीहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कार्वाह गर्न भनेको छ ।

प्रतिक्रिया

खबर सबै